April 28, 2024, Sunday
२०८१ बैशाख १६, आईतवार

दलाल पुजिवादि संसदिय ब्यबस्था रहेसम्म जनताको मुक्ति असंभव : कमरेड मिसन

१) राज्यसत्ता बाहेक अरु सबै भ्रम हो भन्ने सच्चाइलाइ आत्मासत गरेर अघि बढाएको जनयु’द्ध थियो। जनयु’द्ध नेपाली जनता को मात्रै मुक्ती नभएर बिश्वसर्वाहाराबर्गको अग्रदस्ताका रूपमा स्थापित र दर्ज थियो। जनयु’द्ध सामान्त्बादी राजतन्त्रको र नोकरशाही पुजिपती बर्गको स्वामित्वमा रहेको कथित संसदिय ब्यबस्थाको अन्त्य गर्ने सर्वहाराबर्गको शक्तिशाली अस्त्र थियो। जनयु’द्ध न्याए,समनता,मुक्ती र स्वतन्त्रतामाथी आधारित नेपाली जनताको मुलएजेण्डा बोकेको महान पहरेदार थियो। जनयु’द्ध समग्रमा गाँस,बाँस,कपास,शिक्षा स्वास्थ्यरोजगारिको ग्यारेन्टीको आधार थियो।

जनयु’द्ध निकै सोचबिचार अनुसन्धानबाट पारित वैज्ञानिक निश्कर्स र मार्ग थियो। जनयु;द्धको आरम्भ जसरी निसस्त्र जनशक्तिले अ’स्त्रद्वारा सुसजित फौजमाथी धावाबोलि एकैरातमा धर्तिहल्लाउने शक्तिशाली आदम्य शाहास भएका माहामानवहरुको बिजयको दिन थियो मालेमाबादी बिचारद्वारा निर्देशित यो लडाइ एकपछी अर्को गर्दै बिजयको सन्निकट पुगेको थियो। जब माओबादी आन्दोलन सहि बिचारद्वारा निर्देशित भैइ सहि मार्गमा थियो। आन्दोलनले कैयन सफलताहरु हासिल गर्यो जनसेना, आधारइलाका, जनसत्ता ,जनअदालत देखि सम्पुर्ण सम्यन्त्रहरु माओबादिले खडा गर्यो।

तथ्यांकहरु हेर्दा ८० प्रतिशत भु भागमा माओबादी सत्ताको बिजारोपन भयो। पीडित जनसमुदायहरु न्याए माग्न पुरानो सत्ताभन्दा माओबादिले निर्माण गरेको जनसत्तातिर आशाबादी र मुखरित भए। १०  वर्षिय अबधि घनघोर यु’द्ध अबधी रह्यो। यो लडाइँको अबधिमा कैयन क्षेतिहरु बेहोरेपनी राजनैती,समाजिक र न्यायिक दृष्टिकोणले एकपछी अर्को उपल्ब्धिहरु हासिल भयो। नेपाली श्रमजीवीनागरिकहरु खुसिका सपनाहरु देखिरहेका थिय भने सामान्तवादी दलालपुजिपतिबर्गहरु पराजयको त्यो स्थितिलाइ सहन गर्न नसकेर अताल्लिरहेका थिय। किनकि जनताको ताकतलाइ कुनैपनी शक्तिले रोकेको इतिहस छैन। ” भनिन्छ – इतिहासका निर्मता जनता हुन भनेर ” जनयु’द्ध जब दिल्ली सम्झौताको माहाजालमा पर्यो तब अनेकन बाहानामा माओबादी आन्दोलनको घाँटी निमोठने कार्य देशी बिदेशी शक्तिको बलमा भयो।

२) माओवादी आन्दोलन जब पश्चगमनको बाटो रोज्यो आफैमा समाप्तिको संकेत थियो। तर दुइलाइन संघर्षको रसाकसिमा पठेजोडी खेल्दै प्रतिक्रा’न्तिकारी र क्रान्तिकरिहरुको बिचमा भिसन लडाइँ चल्यो। त्यो बिचारको लडाइँमा क्रान्तिकारिहरुको बिजय भयो। क्रान्तिको नेतृत्व गर्ने धम्की लगाउदै केही बुख्याचाहरु पेरिसडाडा देखि बुद्धनगर सम्म पुगे ती बुख्याचाहरुको क्रान्ति पनि त्यहि बुद्धनगरसम्म पुगेर थलापरिहाल्यो। अन्ततः छबिलालकै टाङमुनी छिर्न पुगे। क्रान्ती रोकिने कुरा थियन इतिहासले नयाँ नेतृत्वको जन्म बनायो प्रतिक्रान्तिकारिहरु बचेको माओबादी नामलाइ पनि मेटाउदै एमालेमा बिलय हुन पुग्यो। ती मान्छेहरु त आज जनयु’द्ध दिवसलाइ कुनै सिसमहलमा बसेर जनयु’द्धदिबसको नाममा हुविस्किका प्यालाहरु उचाल्दै चेस गर्दै छन होला। तर वास्तविक क्रा’न्तिकरी र जनयु’द्धले उपल्ब्धी गरेका पुजिलाइ रक्षा गर्नु पर्छ भन्ने असली मालेमाबादी हरु जन्ताकै साथमा घरआ गनमा जनयु’द्ध दिवस मनाइरहेका छन।

नेपाली जनताका अन्तरबिरोधहरु नयाँ संविधान पश्चात् झन भन्दा झन चरमचुलिमा पुगेका छन। राजनैतिक स्वतन्त्रता , न्यायिक स्वतन्त्रतामाथी लगाम लगाएको छ। कैयन रास्ट्रघाती जनघाति सम्झौताहरु गर्दै बिदेशिको गुलामी गर्न पुगेका छन। राष्ट्रिय स्वाधिनतामाथी ना’ङ्गो हस्तक्षेप भैइरहेको छ। बिश्वभरी असफल पुजिवादका बिरुद्ध समाजवादी आन्दोलन अघिबढिरहेका छन। तसर्थ नेपाली भुमिमा पनि समाजबादको आशामा लाखौ बामपंथी नागरिकहरु अपेक्षाकृत छन र पर्खिरहेका छन।जनवादि होस या समाजवादी ब्यबस्थाकै निम्ति भनेर ठुलठुला बलिदानिहरु भए उपलब्धिहरु भए तर ती सबै रातारात सिमित मान्छेहरुको स्वार्थसग साटन पुगे। अब उनिहरुको पतनबाट नेपाली जनताले आशा गर्ने कुनै बिस्वासनिय अधार देखिदैन। बरु गर्भ गर्नै पर्ने विषय त यो छ कि गद्दारहरुले फोहोरमा फालेको क्रा’न्तिको झण्डालाइ उचाल्ने काम दोस्रो पुस्ताका नेतृत्वबाट भयो।

आम सर्बहारा श्रमजीवीहरुको सफलता रह्यो। जनयु’द्धका २५ वार्षिय यात्राहरु कैयन बिचारसंघर्ष टुट्फुट हुँदै प्रतिक्रान्त्कारिहरुको पतन र नयाँ क्रान्तिको उधघोस सहित हजारौ क्रान्तिकारीहरुको जन्म भैइसकेको छ। जनयु’द्ध तथा सर्वहाराबर्गिय मुक्तिआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने दिलबहादुर रमितेल लागाएत ज्ञातअज्ञा शहिदहरु प्रती श्रद्धा’ञ्जली अर्पण गर्दै बेपत्ता र घा’इते यौद्दाहरु प्रती उच्छ सम्मान छ। नेपाली जनताको मुक्ति दलाल पुजिवादि संसदिय ब्यबस्था रहेसम्म असम्भव छ र। यसको लागि क्रान्ती,बिद्रोहद्वारा नै राज्यसत्ताको प्राप्ती र राज्यसत्तामा श्रमिक बर्गको स्वामित्व नै आजको आबश्यकता हो। सम्पुर्ण नेपाली जनसमुदयमा जनयु’द्धको २५ औ बार्सिकी उत्सबको अवसरमा सम्पुर्ण मालेमाबादी चिन्तक,देश भक्त,कर्मचारी,किसान,मजदुर,युवा,बिद्यार्थी सबै सबैमा शुभकामना ब्यक्त गर्दछु।

कमरेड मिसन

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज