“गरिजिउलाको हिलो” : विप्लव नेकपाका नेता लोकपाल केसीको जनयु’द्ध अनुभुती
नयाँ दृष्टि डटकम को “२५ औं जनयु’द्ध दिवस स्मृति र अनुभुती बिशेषाङ्क” को लागि प्रतिब’न्धित नेकपा सल्यानका सेक्रेटरी लोकपाल केसी महेन्द्र सँग सम्पादक भुमप्रकाश भण्डारी ‘ भुपिन’ले २०७६ फागुनमा लिनुभएको अन्तरबार्ताको संपादित अंश ।
यसकारण जनयु’द्धमा
नेपालमा बहुदल आयपछी मैले नेकपाको सदस्यता २०४८ सालमा प्राप्त गरेको थिए। कम्युनिस्ट पार्टीले नेपालमा अथवा बिश्वमा सर्वहारा वर्गको नेतृत्व गरेर नेपाली जनतालाई अथवा राष्ट्रलाई मुक्त बनाउछ भन्ने कुरामा प्रशिक्षित भएर ,प्रभावित भएर म जनयु’द्धमा लागेको हु।
पहिला त म एमाले नै थिए। एमालेले पनि संसदीय व्यवस्था बाट केही गर्न नसक्ने देखि सकेपछी, काङ्ग्रेस कै ढ्याङ मा गएपछी जनयु’द्ध मार्फत जनताको मुक्ती हुन्छ र सर्वहारा गर्वको मुक्ती हुन्छ भन्ने कुराको प्रशिक्षण पाए अनि त्यहीँबाट प्रभावित भएर म यो पार्टीमा लागेको हु।
पहिलो प्रशिक्षण मदन भण्डारी बाट पाए । एमालेको तर्फ बाट । २०४८ सालमा सल्यान आउदा मदन भण्डारीको भाषण सुनेर, प्रभावित भएर म कम्युनिस्ट बनेको हु।त्यसकारण मलाई कम्युनिस्ट बन्ने प्रेरणा मदन भण्डारी बाट मिल्यो ।
जब मदन भण्डारी र जिवराज आस्रितको जुन दुर्घ’टना वा ह’त्या भयो। त्यसपछि अल्पमतकै भएपनी २०५१ मा एमालेको सरकार बन्यो। उस्ले मदन भण्डारीको ह’त्या अथवा दुर्घट’नाको सत्यतथ्य बाहिर ल्याउछु भनेको थियो तर ल्याएन ।
त्यसपछी मैले यो कम्युनिस्ट भन्ने के रैछ ? कहाँ छ कम्युनिस्ट पार्टी भनी खोज्दै जाँदा त्यतिबेलाको मशाल भन्ने पार्टी थियो। त्यो मशाल पार्टीको प्रशिक्षण मैले बिशेशगरि सहिद कमरेड गणेश शर्मा ‘सन्देश’ बाट पाए र त्यसपछि केन्द्रीय तहका अन्य नेताहरू बाट प्रशिक्षित भएर म जनयु’द्धमा लागेको हु।
अविस्मरणीय क्षण
३ वटा घटना सम्झन्छु – २०५८ सालमा छत्रेश्वरीको छायाक्षेत्रमा हामिले सत्ता घोषणा गर्दै गर्दा त्यतिबेलाको दुस्मनले आक्रम’ण गर्यो (विकल्प पनि हुनुहुन्थ्यो ढाकडामको)। त्यसबेलाको एउटा स्मरणीय क्षण छ मलाई । तत्कालीन जनमिलिसियाहरूले मलाई बचाए, मेरो कानको छेउबाट गो’लिहरु जान्थे, तर मलाई गोलि लागेन। त्यो एउटा याद चै गरिजिउलाको हिलोको याद आउँछ।
अर्को चै म स्वयम् सेवक भएर खाराको घटना ४५ जनाको टोलि लिएर गएको थिए। त्यतिबेला कमान्डर कमरेड चिराग, महिला नेत्री चेतना गिरी, लगाएतका सहकार्य गरेका साथिहरू त्यहाँ प्रत्येक्ष रूपमा गुमाएको, आफैले दाहासंस्कार गरेको मलाई झलझली स्मरण हुन्छ।
त्यस्तै अर्को कपुरकोटको लडा’इँ, जो हामीले हार्यौ। त्यतिबेला म लुहाम को ब्लक मा थिए । कमान्डर कास्मिर हुनुहुन्थ्यो। त्यो लडाइँ हार्दा म रोएको थिए । त्यो पनि सम्झन्छु। गाउका सहयात्री साथिहरू क. ज्वाला, क. शिशिर, क. जयबहादुर, जो सहिद भए । उहाँहरूको याद आउँछ र पिडा हुन्छ।
सपनाहरू पूरा भएका छैनन
जनयु’द्धले जनताको चेतना त धेरै माथी उठायो। यसलाई जनतालाई कमजोर बनायो जस्तो लाग्दैन । तर जनयु’द्धमा जे जति कुरा उठाइयो त्यो पूरा हुन सकेन, पूरा भएन भन्ने आलोचना छ नेतृत्व प्रती । जनयु’द्धले जनताको चेतनास्तर उठाउने र राजतन्त्रको अन्त्य गर्ने बाहेक अरु राष्ट्रियता र जनजीविकाका कुराहरू बदल्न सकेन भन्ने बुझाइ छ मेरो।
राम्रा / नराम्रा पक्षहरू
जनयु’द्धले पुरानो ब्यबस्थाले उब्जाएको गाउँ देखि शहर सम्मका जुन सामाजिक बिकृतिहरू थिए त्यो सफा गरेको थियो।जस्तो चैं जाँडरक्सी, जुवातास, बे’श्याबृती, महंगो ब्याज लिने आदि । समाज सुन्दर बन्दै गएको थियो। जनताको भरोसा बढ्दै गएको थियो। नराम्रा पक्ष चैं बुझेर वा नबुझेर ब्यक्तिका स्वार्थका आधारमा कसैमाथी कार’वाही हुने गर्थे त्यो चै नराम्रो पक्ष हो ।
२५ औं जनयुद्ध दिवसको सन्देश
हामी बिशेशगरि सर्वहारा वर्गको उदाउँदो दिनको रुपमा २०५२ फागुन १ गते बाट मनाउदै गर्दाखेरी २५ बर्ष लाग्दैछ। यो सन्दर्भमा सल्यानी जनतालाई शुभकामना दिन चाहन्छु भने नेपाली क्रा’न्ति जनताले आशा गरे, सोचेको जस्तो गरि पूरा भएको छैन। क्रा’न्ति पुरा गर्नको लागि, सहिदका सपनाहरू पूरा गर्नको लागि सबै एक भएर लड्नुपर्ने बेला भएको छ। साथ दिन, सहभागी बन्न आग्रह गर्दछु।
(लोकपाल केसी ‘महेन्द्र’ प्रतिब’न्धित नेकपाका सल्यान जिल्ला सेक्रेटरी हुनुहुन्छ ।)
पुर्व सभामुख महरालाई सल्यानको कागखोलामा झन्डै गुमाईसकेको त्यो पल :- रमेश मल्ल
#जनयु द्ध #लोकपाल केसी
प्रतिकृया दिनुहोस्