पानी नपरेको भन्दै भ्यागुताको विवाह गराइयो
बैशाख १२ काठमाडौ ।
पानी नपरेका कारण सर्वसाधारणको जनजीवन कष्टकर भएको भन्दै हेटौँडामा एक जोडी भ्यागुताको विवाह गराइएको छ।
पानी पर्छ भन्ने जनविश्वासले हेटौँडा उपमहानगरपालिका– १६ मा स्थानीयले वडा अध्यक्ष सहितको उपस्थितिमा भ्यागुताको विवाह गराएका हुन्।
आकाशबाट पानी परोस् भन्ने कामना सहित पुरोहितसहितको उपस्थितिमा बाजागाजा एवं नाचगानसहित एक जोडी भ्यागुताको वैदिक परम्पराअनुसार विवाह गराइएको हो ।
इन्द्र भगवानको पूजाआजा गरेपछि एक जोडी भ्यागुता समातेर सिँगार्दै बेहुला–बेहुली बनाएर विवाह प्रक्रिया पूरा गरिएको हो ।
पानी नपर्दा गर्मी र वन डढेलो बढ्नुका साथै अन्नबाली लगाउनसमेत समस्या भएको भन्दै स्थानीयले भ्यागुताको विवाह गराएको वडाध्यक्ष कोइरालाले बताए।
‘विदेशमा बादल बनाएर पानी पार्छन्, हाम्रो देशमा पानी पार्न भ्यागुताको विवाह गर्नुपर्ने अवस्था छ,’ वडाध्यक्ष कोइरालाले भने, ‘पहिले–पहिले भ्यागुताको विवाह गर्यो भन्ने पानी पर्छ भन्ने चलन थियो। सोहीअनुसार यहाँ भ्यागुताको विवाह भएको हो।’
भ्यागुताको विवाह कार्यक्रममा करिब तीन सयजना सहभागी रहेका थिए। हेटौँडा– १६ को राम मन्दिरबाट जन्ती प्रस्थान सुरु गरी १६ नम्बरकै खमारेको कुवा पुगेर विधिपूर्वक पन्चेबाजासहित भ्यागुताको विवाह सम्पन्न गरिएको छ।








लेखकको सम्वन्धमा