March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
राष्ट्रको लागि हामीलाई परेको जिम्मेवारी पूरा गर्यौँ : तिलक मल्ल

राष्ट्रको लागि हामीलाई परेको जिम्मेवारी पूरा गर्यौँ : तिलक मल्ल

२५ औं जनयु’द्ध दिवसको सन्दर्भमा पूर्व माओवादी तथा हाल नेकपाका नेता तिलक मल्लका अनुभुती सहित २०७६ फागुनमा गरिएको कुराकानी को संपादित अंश ।

जनयु’द्धमा लागनुको  कारण ?

हाईस्कुल पढ्ने क्रममा कम्युनिस्ट पार्टीका किताब पढियो । त्यसले गरिव दुखिको पक्षमा लाग्ने सोच आयो । ४६ सालमा बहुदल आयपछी त्यतिबेला नेकपा मशालका नेता कार्यकर्ताहरुको कुरा सुन्दै गर्दाखेरी त्यसप्रति आकर्षित भैयो। ५२ सालमा यु’द्ध सुरु भयो। सल्यानको माहोलले नै जनयु’द्धमा लाग्ने वातावरण बनायो। अन्याय अत्याचार विरुद्ध लड्न युवाहरूलाई रोजगारी जस्तो पनि भयो। परिवेश नै त्यस्तो थियो । एउटा कित्तामा जानुपर्थ्यो। परिवर्तनकामी कित्तामा जानू नै सहि लाग्यो । हाम्रो वर्गीय धरातल नै त्यस्तो थियो । त्यसैले सकारात्मक ढंगले आधारभुत तह बाटै जनयु’द्धमा लागे ।

के पाइयो, के गुमाइयो ?

जनयु’द्धका सपना महान थिए । जनयु’द्धले यो देशको ग्रामीण क्षेत्रको चेतना परिवर्तनमा धक्का दिएको थियो र छ पनि । जिवनको उर्जाशिल समय त्यो बेला सिंगो जनताको लागि जनयु’द्धमा समर्पण गर्यौँ। जनयु’द्धले उठाएका ठुलाठुला सपनाहरू थिए – राष्ट्रियता र जनजिविकाका । ती सपना पूरा नभए पनि जनयु’द्धमा लागेर यो देशको परिवर्तनको लागि योगदान गरेका छौं ।चेतनाका हिसाबले धेरै सचेत गराएको छ । व्यक्तिगत जिवनबाट हेर्दाखेरी अलिक सुखद जीवनमा बदलिन त सक्थ्यो । तर राष्ट्रको लागि हामीलाई परेको जिम्मेवारी पूरा गर्यौँ ।

जनयु’द्धले जिवनमा पारेको प्रभाव ?

जनयु’द्धको आँधी बेहरीमा हाम्रा थुप्रै साथिहरू होमिइ सकेको अवस्था थियो । बिद्रोह गर्नु हाम्रो अधिकार र कर्तव्य जस्तो थियो। त्यसो भको हुनाले पनि सहज रुपले जनयु’द्धमा भैइयो।

जनयु’द्धको अविस्मरणीय क्षण

जनयु’द्धका सबै प्रक्रिया अविस्मरणीय छन। थुप्रै खालका मृत्युु सँग नजिक भएका, जनताले तत्कालीन दुस्म’न बाट बचाएका, घेरा तोडेका, ब’म बा’रुद सँग बाँचेका क्षणहरू छन । जनयु’द्धमै बिहे भयो । यु’द्धमै मेरा २ वटा बच्चा जन्मिए हुर्किए । जितेर आउदा खेरीका, साथीहरू गुमाउदा खेरीका थुप्रै क्षणहरू छन।

उदेश्य पूरा भएको छैन

नेपाली समाजको रुपान्तरणको सदर्भमा चैं जनयु’द्धले निकै ठूलो भुमिका खेलेको छ । तर पनि जनयु’द्धले खासखास पोइन्टको परिकल्पना गरेको थियो । त्यो पूरा भएको छैन। यति हुदाहुदै पनि नयाँ ढंगबाट पूरा गर्न जरुरी छ ।

आदर्शको अवस्था

यसलाई विभिन्न कोणबाट हेर्न सकिन्छ। अहिले परम्परागत रुपले त केहि प्राप्त हुँदैन । तर जनयु’द्धको सपनाहरू कुनै न कुनै रुपमा पूरा गर्नु पर्छ ।

नराम्रा पक्ष
पहिलो – जनयु’द्धले जुन कायपलटकारी राज्यसत्ताको कल्पना गरेको थियो । त्यो चैं हामिले विचैमा केही संझौताको बिन्दु बाट जानुपर्ने भयो । दोस्रो – जनताका थुप्रै आशा र सपना थिए ती हामीले पूरा गर्न सकेनौं ।

राम्रा पक्ष
१) जनताको चेतनास्तर लाई परिवर्तन गर्यो, क्रा’न्तिकारी बनायो । २) आफु माथी अन्याय परेको बेला बिद्रोह गर्ने पाठ सिकायो । ३) यो देशको राज्यसत्तालाई धक्का दियो नत्र सामन्ती राजतन्त्र ढल्ने थिएन ।

तिलक मल्ल क्षितिज हाल नेकपा ( नेकपा ) कर्णाली प्रदेश समिति सदस्य हुन ।उनले जनयु’द्धमा सुरक्षा दल हुँदै , जिल्ला सेक्रेटरी र राज्य समिति सदस्य सम्मको भुमिका निर्वाह गरेका थिए ।

पुर्व सभामुख महरालाई सल्यानको कागखोलामा झन्डै गुमाईसकेको त्यो पल :- रमेश मल्ल

दलाल पुजिवादि संसदिय ब्यबस्था रहेसम्म जनताको मुक्ति असंभव :- कमरेड मिसन