July 16, 2024, Tuesday
२०८१ श्रावण १, मंगलवार
सल्यानको लुहाममा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

सल्यानको लुहाममा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

 

फागुन १८, सल्यान । सल्यानमा बेेेेहोस अवस्थामा भेटिएका युवकलाइ अस्पतालले मृत घोषणा गरेेेेको छ ।

जिल्लाको बागचौर नगरपालिका ८ कोटमौला घर भइ हाल त्रिबेणी गाउँपालिका ६ लुहाममा बिश्‍वकर्मा ग्रिल उद्योग संचालन गरी बस्ने २४ बर्षीय दिनेश बि.क बिहिवार करिब ६ बजे तिर खोलाको किनारमा बेहोस अवस्थामा भेटिएका थिए । बि.क लाइ त्यस्तो अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उनलाई एम्बुलेन्स मार्फत उपचारको लागी जिल्ला अस्पताल सल्यानमा पठाइएको र अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक सन्तोष खनालले बताएका छन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज