September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
बास नेपाल द्धारा सल्यानमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

बास नेपाल द्धारा सल्यानमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

योगमाया रेउले

सल्यान,१५ असार । सल्यानमा राहत तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । बागेश्वरी असल शासन क्लब (बास) द्धारा संचालित खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण कार्य मंगलबार सल्यानमा गरिएको हो ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर ३ संगीत टोलका विपन्न घर परिवार लाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको बास केन्द्रिय सदस्य मेघा रेउले जानकारी दिनु भयो ।
खाद्यान्न तथा स्वास्थ्य सामाग्री पाए पछि छविलाल गन्धर्व नि कै खुशि भएको जानकारी दिए ।

उनले भने‘‘ सल्यानमा निषेधाज्ञाको समयमा मजदुर गर्न लाई काम छैन,खेती गर्न लाई जग्गा पनि छैन, निषेधाज्ञाको समयमा सरकारले केहि गर्लाकी भन्ने आसमा महिना दिन सम्म पर्खिएर बसीयो, तर कहि कतै बाट सहयोग भएन’’। बास नेपालले खाद्यान्न तथा स्वास्थ्य सामाग्री दिएकोमा खुशी हुदै धन्यवाद समेत व्यक्त गरे ।

संगीत बस्तीका २४ घर परिवारको आफ्नो जग्गा जमिन छैन । मजदुर गरेर खाने संगीत टोलका विपन्न परिवार लाई अहिले साझ विहानको खाना कसरी जुटाउने भन्ने चिन्ता छ ।

यस्तै शारदा नगरपालिका वडा नम्बर ८ का विपन्न न्युन आय भएका घर परिवार लाई राहत तथा स्वास्थ्य सामाग्रीे वितरण गरिएको बास नेपालकी केन्द्रिय उपाध्यक्ष लुना बुढाथोकीले जानकारी दिनु भयो ।

शारदा नगरपालिका ३,८ वडा नम्बरका १५ घर परिवार लाइ खाद्यान्न वितरण गरिएको बास सल्यान शाखा अध्यक्ष अनिल भण्डारीले जानकारी दिए ।

२५ केजिको चामल १ बोरा,३ केजि दाल,१ लिटर तेल र १ पाकेट नुन वितरण गरिएको अध्यक्ष भण्डारीले बताए ।

शारदा नगरपालिका ३ नम्बरका वडा अध्यक्ष टोप बहादुर थापा , शारदा नगरपालिका ८ नम्बरका वडा अध्यक्ष जुद्ध बहादुर बुढाथोकी, बास नेपाल केन्द्रिय उपाध्यक्ष लुना बुढाथोकी,बास केन्द्रिय सदस्य मेघा रेउले, जिल्ला अध्यक्ष अनिल भण्डारी र सल्यान सरोकार समाजका प्रतिनिधि पुर्ण गन्दर्ब लगायतको उपस्थिती रहेको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज