October 9, 2024, Wednesday
२०८१ आश्विन २३, बुधबार
एमाले निकट निजामती कर्मचारी संगठन सल्यानको अध्यक्षमा खत्री निर्वाचित

एमाले निकट निजामती कर्मचारी संगठन सल्यानको अध्यक्षमा खत्री निर्वाचित

सल्यान, २५ पुस । नेकपा (एमाले) नेपाल निजामती कर्मचारी संगठन सल्यानको अध्यक्षमा धुर्व खत्री निर्वाचित भएका छन । शनिबार खलंगामा सम्पन्न भएको एघारौं जिल्ला अधिवेशन बाट जिल्ला अध्यक्षमा खत्री सर्वसम्मत निर्वाचित भएका हुन ।

त्यसैगरी अधिबेशन बाट संगठनको उपाध्यक्षमा क्रमशः देब्रेन्द्र सेन र कलम घर्ती मगर निर्वाचित भएका छन भने सचिवमा छबि खड्का र काेषाध्यक्ष चन्दन जिएम निर्वाचित भएका छन ।

त्यसैगरी केन्द्रिय प्रतिनिधिमा डिल्ली घर्ति, अरुण दाहाल, प्रकाश शर्मा अधिकारी, नबराज आचार्य, लक्ष्मी शाहि र प्रदेश प्रतिनिधि लाल बहादुर डिसी, चम्फा वली निर्वाचित भएका छन ।

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य गुलाबजंग शाहले निजामती कर्मचारी संगठनलाई अझै मजबुत बनाउनुपर्ने बताए । यो संगठन नेपालका अरु संगठन भन्दा जेठो, परिपक्व र अनुभवी संगठन रहेको बताउदै संगठनमा आवद्ध सबै कर्मचारीहरु निसंकोच तरिकाले कर्मचारिको हक हित र संगठनलाई बलियो बनाउनतर्फ लाग्न आग्रह गरे ।

नेकपा एमाले कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक तथा सल्यान निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्य समेत रहेका शाहले दिन प्रतिदिन एमालेमा प्रवेश गर्नेहरुको लहर बढिरहेकाले पार्टिलाइ झनै शसक्त बनाउनकालागि संगठनको महत्वपूर्ण भुमिका हुने कुरामा जोड दिएका थिए ।

यस्तै विशिष्ट अतिथि निजामती कर्मचारी संगठन एघारौं राष्ट्रिय अधिवेशन आयोजक कमिटीका प्रवक्ता प्रभास शाह, सचिवालय सदस्य तथा संगठनका कर्णाली प्रदेश इन्चार्ज प्रयागराज शर्मा, सल्यान जिल्ला इन्चार्ज हरि बहादुर खत्री, एघारौं राष्ट्रिय अधिवेशन आयोजक कमिटी सदस्य शंकर प्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज