सल्यानमा निषेधाज्ञा पुनः लम्ब्याइयो ,५० प्रतिशत क्षमतामा होटेल संचालन हुने, यातायातमा जोरबिजोर प्रणाली हट्यो
असार ३१, सल्यान । सल्यानमा जारी निषेधाज्ञालाई पुनः निरन्तरता दिइएको छ । बिहिबार बसेको डिसिसिएमसिको निर्णय अनुसार साउन १ गते बिहान १ बजे दिखी अर्को आदेस जारी नहुदासम्मको लागी निषेधाज्ञा थप गरिएको हो ।
यसपटक निषेधाज्ञा थप गरिए पनि स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म प्रशासनले तोके बमोजिमका बजार व्यवसाय खुल्ने छन भने निजि तथा सार्वजनिक सवारी साधनमा सिट क्षमता अनुसार यात्रुहरू राखेर संचालण हुने बताइएको छ ।
त्यस्तै होटेल तथा रेष्टुरेन्ट पनि ५० प्रतिशत क्षमतामा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म संचालन गर्न सकिने बताइएको छ भने सभा सम्मेलन, सेमिनार, शैलुन, पार्लर, पुस्तकालय, भौतिक उपस्तिथिमा हुने शिक्षण सिकाइ लगाएतका भिडभाडमुलक गतिविधि गर्न नपाइने बताइएको छ ।
हेर्नुहोस, पूर्णपाठ :
प्रतिकृया दिनुहोस्