सल्यानमा निषेधाज्ञा खुकुलो हुदै, सार्वजनिक सवारीसाधन र बजार आंशिक रूपमा संचालन हुने
असार २०, सल्यान । सल्यानमा जारी निषेधाज्ञालाई पुनः निरन्तरता दिइएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवी हुमागाइ खतिवडा द्वारा जारी आदेश अनुसार २१ गते बिहान १ बजेदेखि असार २१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो ।
जिल्लामा कोरोना संक्रमित मृत्युदर घटेपनि संक्रमणको दर उच्छ भएको निष्कर्ष सहित निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले बताएको छ ।
यद्यपि निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउदै लगिएको छ । यसपटक निषेधाज्ञा थओअ गरिए पनि स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बजार व्यवसाय खुल्ने छन भने निजि तथा सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमा संचालणमा हुन सक्ने बताइएको छ ।
हेर्नुहोस, प्रजिअ द्वारा जारी आदेशको पूर्णपाठ :
प्रतिकृया दिनुहोस्