सल्यानमा निषेधाज्ञा एक हप्ता थप, केही नियम बदलिए ( निर्णय पत्र सहित )
सल्यान १, असार । सल्यानमा जारी निषेधाज्ञा असार १० गते सम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलवार बसेको बैठकले असार ३ गतेदेखि १० गते राती १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरे बमोजिम प्रमुख जिल्ला अधिकारी बाट निषेधाज्ञा थप गरिएको हो ।
तर यसपटक निषेधाज्ञा केही खुकुलो खुकुलो बनाइएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवि हुमगाई खतिवडा बाट जारी आदेश अनुसार अबदेखि होटल रेष्टुरेन्ट, खाजा नास्ता पसल, शैलुन, ब्यूटी पार्लर बाहेक अन्य पसल व्यवसाय हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
त्यस्तै निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्थाहरु पनि खोल्न पाइनेछ । निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेकका सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ ।
हेर्नुहोस निर्णयहरू :
प्रतिकृया दिनुहोस्