September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
आर्थिक अभावले सल्यान बनगाडका एक बालकको उपचार हुन सकेन

आर्थिक अभावले सल्यान बनगाडका एक बालकको उपचार हुन सकेन

दुर्गा विसि, आषाढ २६, सल्यान । सल्यानको पश्चिम बनगाडकुपिण्डे नगरपालिका वडा नं. ५ खैरागारका एक वालक आर्थिक अभावले उपचार हुन सकिरहेको छैन ।

बाबुको मृत्युसँगै घरमा कमाउने काेहि नभएका कारण उनको उपचार हुन नसकेको हो ।गाउँमै रहेको भगवती निमावि कक्षा ६ मा पढ्दै गरेका ११ वर्षिय खुमलाल रानाको तल्लो शरीर चल्न छाेडेकाे छ ।

बैशाखीको साहारामा अडेस लाग्ने गरे पनि अहिले झन समस्या हुदै गरेको अामा कुमारी रानाको दुखेसो छ । घरमा कमाउने कजाउने अभिभावक गुमाएसँगै विरामी परेको छोरा उपचारका लागि कुमारीसँग कुनै उपाया नभएको उनले बताइन । अहिले गासको जोह वाहेक अरु कुनै उपाए छैन ।

६ वर्ष अघि बाबू बुद्धि रानाको कलिलो उमेरमै मृत्यु भयो भने त्यसको २ वर्ष पछि छाेरा विरामि परेको कुमारीको भनाइ छ। छोराको अहिले अवस्था झन नाजुक बन्दै गएको उनले वताइन । घरमा खानको जोह गर्नै मुस्किल छ उपचार कसरी गर्ने कुनै उपाए छैन ।

छाेरालाइ अहिलेसम्म डाक्टर कहाँ नलिएको वरु धामीझाँक्री धेरै गरेको उनको भनाइ छ ।

केही महिना अघि गाउँकै एक युवा प्रेम रानाले समाजिक सञ्जाल मार्फत उनको अवस्था देखाइ केही सहयोग उठेको थियो । अाज घरमै पुगि ५५ हजार ५ सय रुपैया रकम उपचारमा सहयोग हुने उदेश्यले कुमारी रानालाइ हस्तान्तरण गरिएको छ । कम्मरकाे तल्लो शरिरि नचल्ने, दुबै खुट्टा चलाएमान नहुदा हिडुल, उठवसमा समस्या हुने गरेको छ ।

शौचालय लिन ल्याउदा उनलाई उठाउन अहिले दुई जनाकाे अावश्यकता पर्छ ।अरु दुई छाेरा सानै उमेरका हुदा समस्या हुने गरेको छ ।उपचार पाए उक्त वालककाे समस्या निराकरण हुने समेत जनाएको छ । आर्थिक जाेह नजुट्दा उपचारमा समेत समस्या देखिएको छ ।

श्रीमान गुमाउदाको पिडा एकातिर छदै थियो अर्कोतिर छोरा विरामि भए पछि झन दुख थपिएको छ ।अहिले उनलाई छोराको समान्य उपचार गराउन सक्ने अवस्था समेत नरहेको नाजुक छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज