September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
लडेर टाउकोमा गम्भीर चोट लागेकि रोल्पाकी १० बर्षीय पुष्पाको उपचारमा आर्थिक अभाव

लडेर टाउकोमा गम्भीर चोट लागेकि रोल्पाकी १० बर्षीय पुष्पाको उपचारमा आर्थिक अभाव

भदौ ११, रोल्पा ।

स्कुलबाट घर फर्कदा लडेर टाउकोमा गम्भीर चोट लागेकी रोल्पाको गंगादेब गाउँपालिका वडा नं. ७ आरखोला कि १० बर्षकी पुस्पा बि.कको उपचारमा आर्थिक समस्या देखिएको छ ।

विगत ४ बर्ष अघि लडेर घाइते भएकी उनको नेपालगन्ज मेडिकल कलेजमा उपचार भएको थियो । अस्पताल स्रोतले सामान्य उपचार गराएपनि अप्रेसन गर्न ८ लाख मागेपछि उनको उपचार रोकिएको थियो । अहिले फेरि उनको टाउकोमा क्यान्सरको लक्षण देखिन थालेपछि परिवार चिन्तित बनेका छन । पारिवारिक अवस्था निकै कमजोर भएको कारण उपचारमा समस्या भएको परिवारले बताएको छ ।

उनका बुवापनि अपांग छन । रोजगारीको सिलसिलामा साउदी अरब गएको बेला मेसिनले एउटा हात गुमाएर काम गर्न नसक्ने अवस्था भएको कारण झन समस्या थपिएको हो । खरले छुवाएको सानो झुपडिपनि अहिले भत्किएर अर्कैको घरमा शरण मागेर उनका परिवार बस्दै आएका छन ।

पीडित परिवारलाई सहयोग लिएर पुगे सञ्चारकर्मी घर्ती

उपचारमा केहि राहत होस् भन्ने हेतुले उठेको केही रकम लिएर फुलबारी दैनिक युटुब च्यानलका संचालक भुपेन घर्ती मगर उनको परिवारमा पुगेका छन ।

उनको युटुव च्यानलमा केही दिन अघि राखेको भिडियो हेरेर उठेको जम्मा रु. ४५ हजार २० रुपैया लिएर आइतबार उनी पीडितको परिवारमा पुगेर बुझाएको बताएका छन ।

परिवारको अवस्था ज्यादै दयनीय भएको कारण सहयोगकोलागि समेत घर्तीले सबैलाई अपिल गरेका छ्न । सहयोगकोलागी उनका बुवा कलबिर बि.क को ग्लोबल बैंकको खाता नं. S९०७०१०००१९४४०
सम्पर्क : ९८६०६२५९०१
तथा सञ्चारकर्मी भुपेन घर्ती मगर (Fulbari dainik) को सम्पर्क :९८६६२०६६०९ मा सम्पर्क गर्न सकिने छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज