February 7, 2025, Friday
२०८१ माघ २६, शनिबार
भिरबाटै लडेर बाबा र काका गुमाएकी चेतना : आर्थिक अभावले हस्पिटलमा छट्पटाउदै

भिरबाटै लडेर बाबा र काका गुमाएकी चेतना : आर्थिक अभावले हस्पिटलमा छट्पटाउदै

दुर्गा विसि – सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका – ३ खानीगाउँकी १७ वार्षिय चेतना पुन गत असार १९ गते घर नजिकैको परिवन जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर सक्त घाइते भइन ।

पुनलाई टाउको, हात, मुख लगायतका अंगमा गहिरो चोट लागेर बेहोस अवस्थामा छिन । उनको हाल नेपालगन्ज नर्सिङ होममा उपचार भई रहेको छ । अस्पतालको बेडमा जीवन र मृत्युसँग लडिरहेकी छिन चेतना ।

स्वास्थ्यमा हाल केही मात्रामा सुधार हुँदै गएको र सहयोगी मनहरुबाट सहयोग आउने क्रम पनि जारी रहेको काका अम्मर पुनले बताएका छन ।

पुनका अनुसार दैनिक आइ सि यु मा ८ हजार देखि बढी खर्च लाग्ने भएकोले अहिले पनि आइ सि यु मा नै रहेको र दैनिक एक्सरे समेत गरि राख्नु पर्ने समेत बताउनु भएको छ ।  कमल पुन, अम्मर पुन लगायतका युवाहरूले आर्थिक सहयोग उठाएर उपचारमा ठुलो सहयोग पुर्‍याइरहेका छन ।

उनलाई उपचारको लागि १० लाख भन्दा बढी लाग्ने डाक्टरहरुले बताएका छन । बुवा बिना उपचार गर्न धेरै समस्या भएको बताएका छन । सहयोगी दानिहरुबाट हालसम्म २ लाख बराबरकाे सहयोग रकम उठेको काका अमरकाे भनाइ रहेको छ ।

चेतनाको हजुर आमाले नातिनीको उपचारमा धेरै आर्थिक खर्च लाग्ने भएकाले उपचारको सहयोगको सबैसंग पहल गरिदिन अनुरोध गर्नुभयो ।

उनका  अनुसार चेतनाको बुवाको पनि उक्त परिवन जङ्गलमानै रुखबाट लडेर करिब आज भन्दा १२ बर्ष पहिले मृत्यु भएको थियो । जति बेला चेतना पाँच बर्षकि थिइन, भने उनका कान्छा काकाको पनि सोही जङ्गलको भिरबाट लडेर आज भन्दा १६ बर्ष पहिले ज्यान गुमाउनु परेको रहेछ ।

उहाले भन्नू भयो  “पाँच बर्षमै बाबा गुमाएकी टुहुरि हो बाबू उस्को हामी बाहेक कोहि छैन जसरी पनि उसको ज्यान बचाउन सहयोगको पहल गरिदिनु, २ वटा छोरा गुमाउनुको पिडा कसरी ब्यक्त गर्नु र अब नातिनी गुमाउन चाहन्न बचाउन चाहन्छु ।” भनेर गहभरी आँसु झार्दै रुनुभयो ।

सानै उमेरमा घरको खम्बा बुवा गुमाएकी चेतनाको परिवारमा ३ बहिनी र आमा हुनुहुन्छ चेतना जेठि छोरी हुन हाल उनको परिवार उनको हजुर आमा हजुर बुवा र माइला काकासंग बस्दै आएका छ्न । उनकी आमा छोरीहरुकै पढाइ खर्च जुटाउन दैनिक मजदुरी गर्नुहुन्छ ।

आफूसँग भएको केही पैसा पनि उपचारमै सकिएको र परिवारमा आर्थिक अवस्था निकै कमजोर भएकोले र उपचारमा धेरै आर्थिक खर्च लाग्ने भएकोले थप उपचारको लागि आफ्नो नातिनीको जीवन रक्षाको लागि सहयोगको सबै नेपाली मनकारीहरुमा उनकी हजुर आमाले सहयोगको अपिल गर्नु भएको छ ।

सहयोगको लागी अम्मर पुन साङ्ग्रीला बैंक सल्लीबजार खात नं 1070120042870500001 सम्पर्क 9868142473 / 9826586691 सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज