September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
बनगाड कुपिन्डे नगरपालिकाको कार्यालयमा स्थानिय किसानले हुलिदिए १ सय ५३ वटा गाई

बनगाड कुपिन्डे नगरपालिकाको कार्यालयमा स्थानिय किसानले हुलिदिए १ सय ५३ वटा गाई

दुर्गा विसि / असार १८, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाको कार्यालय कम्पाउन्ड ( गेट ) भित्र स्थानिय किसानहरूले छाडा गाइहरू जम्मा गरेका छन ।

सल्लीबजार अासपास क्षेत्रमा छाडा पशुपौपाय तथा गाईहरूले खेतमा लगाएको अन्नबाली खाएर नस्ट गरेपनी नगरपालिकाले कुनै समाधान नदिएको भन्दै स्थानिय किसानहरूले छाडा गाइगोरु जम्मा गरेर नगरपालिका कार्यालय भित्र हुलेर बिरोध जनाएका हुन् ।

छाडा पशुचौपायाले लगाएको वालिनालि खाएर चौपट्टै पारेपछि आक्रोशित स्थानीयले छाडा गाइगोरु जम्मा गरेर नगरपालिका कार्यालयमा हुलेर बिरोध जनाएका हुन । बनगाड कुपिण्डे नगरपालिका अम्राका स्थानीयहरुले शुक्रबार छाडाचौपाए जम्मा गरेर नगरपालिकाकाे कार्यालय गेट भित्र हुलेर विराेध जनाएका हुन ।

१ सय ५३ वटा गाई जम्मा गरेर नगरपलिकाकाे कार्यालयको गेट भित्र हुलेर अम्राका स्थानीयले दिर्घकालिन समाधानकाे माग राखेका छन्। छाडा छाेडेका पशुचौपायाले हिउँदे र वर्षे वालि खाएर सखाप पार्ने गरेको छन् । छाडा गाइहरूको ब्यवस्थापन गर्न गौशाला निर्माण गर्नुपर्ने उनिहरूको माग छ ।

विराेध स्वरुप स्थानीयले छाडाचौपाएको व्यवस्थापन गरिदिन माग गरेको नगरपालिकाले जनाएको छ । याे समस्या पहिल्यै देखिकाे भएको एक स्थानियले बताए । अनेत्रका किसानले छोडेका गाइहरूले यहाँका स्थानियको बालिनाली नस्ट गरेपछी स्थानिय आक्रोसित भएका हुन ।

यत्रतत्र छाडाचौपाएले सवत्र नाेक्सानि पुर्याउने गरेका छन । छाडा छाेडेकाे गाइले किसानलाई खेतीपाती वित्यास पारेकाे छ । छाडाचौपाए याे नगरकाे मात्रै समस्या नभएर समग्र देशकै समस्या हाे ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज