April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
डस्टबिनभित्र नवजात शिशुको शव फेला

डस्टबिनभित्र नवजात शिशुको शव फेला

प्युठान, माघ ३

प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव फेला परेको छ ।

जिल्लाको सरुमारानी गाउँपालिका-२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा सालनालसमेत नकाटिएको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए ।