June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। गएराति ११ बजेतिर चावहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा पुडासैनीको निधन भएको उनी कार्यरत नेपाल भ्युज डटकमका सम्पादक मधुसुदन पन्थीले जानकारी दिए।

नेपाल भ्यूज डटकमका उपसम्पादक उनी काम सकेर कार्यालयबाट कपन सरस्वतीनगरस्थित कोठामा फर्किएका थिए। कोठामा फर्किएको केहीबेरमै साढे १० बजेतिर उनी एक्कासी ढलेका थिए। तत्काल घरपति र छिमेकीले उनलाई चावहिलस्थित अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनको निधन भएको घोषणा गरे। उनलाई हृदयाघात भएको अनुमान गरिएको छ।

नुवाकोटका उनले हिमालय टाइम्स,माउण्टेन टेलिभिजन, प्राइभटाइम्स टेलिभिजन र रेडियो अन्नपूर्णलगायत सञ्चारमाध्यममा समेत काम गरेका थिए।