May 19, 2026, Tuesday
२०८३ जेष्ठ ५, मंगलवार
अछाममा जीप दुर्घटना :

अछाममा जीप दुर्घटना :

अछाममा जिप दुर्घटना भएको छ । बयलपाटाबाट बाजुरा जाँदै गरेको जिप अछाम जिल्लाको रिडीकोट स्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटना हुँदा चारजना घाइते भएका छन्। लुम्बिनी प्रदेश १ ज ४७११ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा पारेर बाजुराको त्रिवेणी नगरपालिका–६ का १९ वर्षीया नन्दा बुढा, बुढीगंगा नगरपालिका–४ का २७ वर्षीय राजेन्द्र लुहार र उनका छोरा ६ वर्षीय सक्षम लुहार तथा बाजुराकै खप्तड छेडेदह गाउँपालिका–३ का २३ वर्षीय रोहित रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए।

प्रमुख भण्डारीका अनुसार घाइतेमध्ये नन्दाको टाउको र मुखमा चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य छ। घाइते रावत जिपका चालक हुन्। उनीहरुको अछामस्थित न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज