April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
‘मिस्टर काठमाडौं’को उपाधि जितेको पाँच दिनमा प्रकाश राईको मृत्यु

‘मिस्टर काठमाडौं’को उपाधि जितेको पाँच दिनमा प्रकाश राईको मृत्यु

५ दिनअघि ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु भएको छ । हृदयघातका कारण उनको मृत्यु भएको हो ।

राईले ५ दिनअघि ७५ केजी तौलमाथि समूहमा मिस्टर काठमाडौं उपाधि जितेका थिए ।

टिम म्यानेजरसहित होटलमा बस्दै आएका राईलाई हृदयघात भएपछि ग्रन्डी अस्पताल लगिएको थियो । मोरङका राईको मृत्यु भएपछि परिवारलाई खबर गरिएको छ । मोरङबाट उनका आफन्त काठमाडौं आएका छन् ।