उषा हमालको कविता : समयका चित्रहरू
समयका चित्रहरू
मेरो कोलजामय आकृति
मेरा विभाजित सोचाइ
अन्योलग्रस्त क्षण
दिग्भ्रमित पाईला
मोडैमोडले भरिएका
गतिहीन यी बाटाहरूमा बनेका किरिङ्मिरिङ् रेखाहरू हुन्
यो समयका चित्रहरू ।
यो रातको सन्नाटामा
यी उराठ लाग्दा
झ्याउँकिरीका आवाजहरूले
अझै उद्दिप्त बनाउछन
मनभित्रका निराशाहरूलाई ।
आर्तनादमय छ यो समय
यो युग मेरो नजिकै
त्यो रोखको ठुटोमाथि बसेर
अन्धकार रातका
लाटोकोसेरो बनेर रोइरहेछ
रात लम्बिदै लम्बिदै गैरहेछ
देखाउदैन संकेत कुनै परिवर्तनको ।
यी निराशाका विविध क्षणहरुको
कोलाजले बनेको मेरो आकृति र
लाटोकोसेरो बनेर
रुखका ठुटामा बसी
रोइरहेको यो युग
यिनै हुन् यो समयका चित्र ।
उषा हमाल
(सल्यान जिल्लामा जन्मनु भएका उषा हमाल,हाल भाषा आयोगका माननीय सदस्य हुनुन्छ।)
रोशन परियारको कविता : ” म स्वास्नी “
वाई वि जिएमको कविता : तिम्रो पहिलो प्रेम
प्रतिकृया दिनुहोस्