सल्यानको शारदा नगरपालिकामा २०५ कुकुरहरुको बन्ध्याकरण
फागुन १६, सल्यान । सल्यानको शारदा नगरपालिकामा कुकुरहरूको बन्ध्याकरण शिविर सम्पन्न भएको छ ।
नगर पशु शाखाको आयोजना तथा हार्ट नेपालको प्राबिधिक सहयोगमा नगरपालिका भित्रका कुकुरहरुको निशुल्क बन्ध्याकरण शिबिर मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।
शिबिरमा कुल २०५ कुकुरको बन्ध्याकरण गरिएको छ ।
गत फागुन १३ देखि १६ सम्म ४ दिन संचालन भएको थियो ।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश भण्डारीले
रेबिजको रोकथाम तथा कुकुरको संख्या वृद्धि हुन नदिन शिबिरले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भएको छ ।
शिबिरको समापनमा जिल्ला प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख, नगरका कर्मचारी तथा हार्ट नेपालका डाक्टरहरुको उपस्थिति रहेको नगरपालिकाले बताएको छ ।
प्रतिकृया दिनुहोस्