February 23, 2024, Friday
२०८० फाल्गुन ११, शुक्रबार
सल्यान महोत्सवमा आज गायक चेतन राई लगाएका कलाकार आउदै

सल्यान महोत्सवमा आज गायक चेतन राई लगाएका कलाकार आउदै

पुस २२, सल्यान । सल्यानमा संचालन भइ रहेको वृहत साँस्कृतिक मोहत्सवको ९ औं दिन आज गायक चन्द्र शर्मा, चेतन राइ र मन्जु भट्टराईको प्रस्तुति रहेने आयोजकले बताएको छ।

पौष १३ गते देखि संचालनमा रहेको महोत्सव २३ गते अर्थात भोलि सम्म संचालन हुनेछ । नेपाल घरेलु तथा सान उद्योग महासंघ जिल्ला शाखा, सल्यानको आयोजनामा बृहत सल्यान लघु घरेलु उद्योग कृषि, पशु , पर्यटन तथा साँस्कृतिक मोहत्सव सल्यान श्रीनगरमा महोत्सव लागि रहेको छ ।

चन्द्र शर्मा चर्चित लोक दोहरी गायक हुन भने चेतन राई लोक पप गायक हुन ।

दशक अघि देखि नेपाली पप आधुनिक बिधामा सक्रिय गायक राईका सेभेन, साउण्ड र स्टेप दर्शकले रुचाएका एल्बमहरु हुन । उनको “सालै जो कुपिण्डे तालैमा” गित ‘स्टेज’ एल्बमबाट छिट्टै बजारमा आउदै छ ।

सल्यान खलंगामा जन्मिएका राई  बिगत लामो समय देखि यो क्षेत्रमा लागेर नेपालि पप र आधुनिक गित संगीतको क्षेत्रमा योगदान पुर्याउदै आएका छन ।

उनि करिब १२ बर्षपछि सल्यान महोत्सवमा प्रस्तुतिकोलागि आउदै छ्न ।

महोत्सवमा आज टप सोनि डान्स कल्बकोपनि प्रस्तुति रहने आयोजकले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज