March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
सल्यानमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी द्वारा अभिकर्ता अभिमुखिकरण तालीम सम्पन्न

सल्यानमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी द्वारा अभिकर्ता अभिमुखिकरण तालीम सम्पन्न

नयाँ दृष्टि डेस्क / बैशाख १०, सल्यान । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सल्यानमा बिमा अभिकर्ताहरूको लागि अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।

शुक्रबार कम्पनीको सल्यान शाखाको आयोजनामा श्रीनगर स्थित आफ्नै कार्यालयमा तालिम सम्पन्न भएको हो ।

कम्पनीका सल्यान शाखा प्रमुख रमेशकुमार वलीको अध्यक्षतामा भएको तालिममा सहभागीलाई कम्पनीका प्रदेश प्रमुख नारायण पङ्गेनी र प्रदेश उप प्रमुख गाेबिन्द रेग्मीले युनियन लाइफका विभिन्न पोलिसी, बिमा गर्दा गराउदा हुने फाइदा र ध्यान दिनुपर्ने कुराका बारेमा सहभागीलाई उत्प्रेरित गरेका थिए ।

त्यस्तै कम्पनीले बैशाख १५ गते भित्र १५ लाख बराबरको जीवन आधार बिमा वा १ लाख ३० हजार बराबर पृमियम बुझाउन सक्ने अभिकर्तालाई रारा घुमाउने अफर ल्याएको पनि कम्पनीले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज