अभिकर्ताहरूलाई युनियन लाइफ इन्स्योरेन्सको अफर : बिमा गराउदा रारा घुम्ने मौका
वैशाख १०, सल्यान । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूको लागी रारा घुम्ने मौका सहितको नयाँ अफर प्रदान गरेको छ ।
कम्पनीले बैशाख १५ गते भित्र १५ लाख बराबरको जीवन आधार बिमा वा १ लाख ३० हजार बराबर पृमियम बराबरको बिमा गराउन सक्ने अभिकर्तालाई रारा घुमाउने अफर ल्याएको पनि कम्पनीले बताएको छ ।
कम्पनीको सल्यान शाखाले श्रीनगरमा आयोजना गरेको अभिकर्ता अभिमुखिकरण तालीमका क्रममा उक्त अफर बारे अभिकर्ता जानकारी गराइएको हो ।
शुक्रबार कम्पनीको सल्यान शाखाको आयोजनामा श्रीनगर स्थित आफ्नै कार्यालयमा तालिम सम्पन्न भएको हो ।
कम्पनीका सल्यान शाखा प्रमुख रमेशकुमार वलीको अध्यक्षतामा भएको तालिममा सहभागीलाई कम्पनीका प्रदेश प्रमुख नारायण पङ्गेनी र प्रदेश उप प्रमुख गाेबिन्द रेग्मीले युनियन लाइफका विभिन्न पोलिसी, बिमा गर्दा गराउदा हुने फाइदा र ध्यान दिनुपर्ने कुराका बारेमा सहभागीलाई उत्प्रेरित गरेका थिए ।
प्रतिकृया दिनुहोस्