April 15, 2026, Wednesday
२०८३ बैशाख ३, बिहीबार
सल्यानमा बाली पशुपंक्षि तथा जडीबुटी बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सल्यानमा बाली पशुपंक्षि तथा जडीबुटी बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

 

चैत ०२, सल्यान । सल्यानमा बाली पशुपंक्षि तथा जडीबुटी बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम साथै जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार जिल्लाको बनगाढ कुपिण्डे नगरपालिकामा एनएलजी ईन्सोरेन्स कम्पनीको आयोजनामा बाली पशुपंक्षि तथा जडीबुटी बिमा सम्बन्धी अभिमुखीकरण तथा जनचेतना कार्यक्रम संचालन भएको हो ।

कार्यक्रममा २१ जना कृषकको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमबाट बिमा सम्बन्धी धेरै जानकारी लिएको र भविष्यमा आफूले पालेको पशुको बिमा गर्ने र गाउँमा ग‌एर अरूलाई पनि यस बारे जानकारी दिने स्थानीय कमल रावतले बताउनु भयो ।

साथै उक्त कार्यक्रमबाट भबिष्यमा पशु तथा बाली बिमा योजनामा धेरै कृषक सहभागी भ‌एर लाभान्वित हुने कुरा एन‌एलजी ईन्सोरेन्स कम्पनी लिमिटेड सल्यानका शाखा प्रमुख बिमर्श प्रधानले जानकारी दिनुभयो ।