सिम्ताका दृष्टिविहिनलाइ गमनशिलता तालिम सँगै सेताे छडी लठ्ठी वितरण
दुर्गा विसि / फाल्गुन २४, सल्यान । सुर्खेत सिम्ता गाउँपालिकाका नेत्रहिनहरुलाइ गमनशिलता तालिम प्रदान गर्नुका साथै सेताे छडि लठ्ठी पनि वितरण गरिएको छ ।
सोमबार सुर्खेत नेत्रहिन संघ सिम्ता गाउँपालिका शाखा अध्यक्ष चेतन सुनारको सभाध्यक्षतामा भएको कार्यक्रममा उनिहरूलाई तालीम र छडी बितरण गरिएको हो । कार्यक्रममा सुर्खेत नेत्रहीन संघ जिल्ला उपाध्यक्ष योगेन्द्र शाही, प्रमुख प्रशिक्षणका रुपमा एनएबि / डिएबी सुर्खेत प्रोजेक्टका कार्यक्रम संयोजक रबिन्द्र कुमार चन्द रहनु भएको थियोे ।
सुर्खेत नेत्रहीन संघ सिम्ता गाउँपालिका शाखा उपाध्यक्ष मान वहादुर बिक को स्वागत मन्तव्यमा एवम् र संस्थाकै सामाजिक परिचालक झरना रानाले सहजिकरणमा कार्यक्रम गरिएको जनाईएको छ ।
तालिममा सिम्ता गाउँपालिका क्षेत्रभित्र रहेका ९ वटै वडाका दृष्टिविहीन भएका व्यक्तिहरुको सक्रिय सहभागीता रहेको थियोे । दृ्ष्टिविहिनलाइ गमनसिलता सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ ।
समापनमा सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, सिम्ता गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष एवम् जनप्रतिनिधि राजेन्द्र सिंह, सुर्खेत नेत्रहीन संघ जिल्ला अध्यक्ष तोरण अधिकारीले ३ दिने तालिमबाट नेत्रहीनका केहि समस्या निराकरण हुने कुुरामा विश्वास व्यक्त गरेका छन । कार्यक्रम वागेश्वरि माविकाे अपांगता तथा दृष्टिविहीनहरुकाे छात्रावासमा अायाेजना गरिएको थियोे ।
प्रतिकृया दिनुहोस्