December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
यो वर्ष दार्मा गाउँपालिकाले ल्याएको बजेट कम्तिमा ८५ प्रतिशत खर्च गर्न चुनौती दिन चाहन्छु : रामचन्द्र केसी

यो वर्ष दार्मा गाउँपालिकाले ल्याएको बजेट कम्तिमा ८५ प्रतिशत खर्च गर्न चुनौती दिन चाहन्छु : रामचन्द्र केसी

साउन १३, सल्यान । नेपाली कांग्रेस सल्यानका नेता तथा गत स्थानिय तहको निर्वाचनमा दार्मा गाउँपालिका सल्यानका अध्यक्ष्य पदका प्रत्यासी उम्मेद्वार रामचन्द्र केसीले चालु आर्थिक बर्ष २०७७–७८ मा दार्मा गाउँपालिकाले पारित गरेको बजेट कम्तीमा ८५ प्रतिसत कार्यन्वयन गर्न गाउँपालिकालाई चुनौती दिनु भएको छ ।

चालु आर्थिक बर्षमा दार्मा गाउँपालिकाले ल्याएको निति कार्यक्रम तथा बजेट वारे मंगलबार नयाँ दृष्टि डटकमलाई १० बुदामा संक्षिप्त प्रतिक्रिया दिदै उहाँले यस्तो बताउनु भएको हो । समग्रमा पुजिगत भन्दा चालु खर्च बढि देखिएको र केन्द्र बाट आएको अनुदान बाड्ने बाहेक हालसम्म गाउँपालिकाले आफनो स्रोत बनाउन नसकेको उहाँको भनाई छ ।

नेता केसीले प्रयटनको विकासको लागी प्रयाप्त बजेट बिनियोजन नगरेको, कृषि सडकको स्तरोन्नतीमा ध्यान नदिएको, कृषिमा आधुनिकीकरण गर्न ध्यान नदिएको, स्थानिय बिधुत उत्पादन र सञ्चार सेवाको बिस्तारमा पनि वर्तमान सरकार चुकेको बताउनु भयो ।

बजेटबारे नेता केसीको सम्पुर्ण प्रतिक्रिया यसप्रकार छ:

१. पर्यटनको समग्र विकासमा प्रयाप्त बजेट विनियोजन गरियको छैन।

२. बिभिन्न कृषि सडकको स्तरोन्नतीमा ध्यान गएको पनि देखिदैन।

३. उद्यमी सँग उपाध्यक्ष्य कार्यक्रमको बजेट कृषिमा आधुनिकीकरण गर्नमा प्रयोग हुन सक्थ्यो तर गरिएन।

४. स्वंमसेवक शिक्षक भर्ती गर्नु भनेको सरासर सरकारका कार्यकर्ता खुसी बनाउने मात्र कदम हो यसले समग्र पालिकाको शैक्षिक गणस्तरमा ह्रास पुर्याउछ ।

५. कृषिको समग्र विकासका लागि उन्नत बीउ विजन र विरुवाहरु अनुदानमा वितरण जस्ता कार्यक्रमको अभाव देखियो ।

६. स्थानिय विधुत उत्पादनमा अनुसन्धानको लागि बजेट विनियोजन गर्नु पर्थ्यो त्यो गरियको छैन।

७. सञ्चार सेवाको सर्वत्र पहुँच र पालिकाको सबै स्थानमा कम्तिमा थ्रिजी नेटवर्क विस्तारको लागि वर्तमान सरकार चुकेको देखिन्छ।

८. कोरोना नियन्त्रणको लागि कम्तिमा पालिकाका १० प्रतिसत नागरिकको पिसिआर परिक्षण गर्नका लागि बिनियोजन गरिएन।

९. समग्रमा पुजिगत भन्दा चालू खर्चको बजेट बढी देखियो यो उल्टो भयको छ र यसले दार्मामा दुर्घटना निम्त्याउंछ ।

१०. र जे जस्तो भयपनी यो बजेट कम्तिमा ८५ प्रतिशत नै भयपनी खर्च गर्नका लागि म वर्तमान दार्मा स्थानीय सरकारलाइ चुनौती दिन चाहन्छु।