May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
चालु आर्थिक वर्षमा दार्मा गाउँपालिकाको वजेट ७८.९५ प्रतिशत खर्च

चालु आर्थिक वर्षमा दार्मा गाउँपालिकाको वजेट ७८.९५ प्रतिशत खर्च

प्रकाश शर्मा

दार्मा गाउँपालिका सल्यानले चालु आर्थिक वर्ष २०७६-७७ मा ७८.९५ प्रतिशत बजेट खर्च गरेको छ । कुल बजेट रु. ३५ करोड ८४ लाख ३४ हजार रकम मध्ये गाउँपालिकाले रु. २८ करोड १ लाख ४१ हजार ४ सय ४३ अर्थात ७८.९५ प्रतिशत खर्च गरेको हो ।

चालुतर्फ रहेको रु. २० करोड ६ लाख ३८ हजार रकम बाट १७ करोड ३२ लाख ४ हजार अर्थात ८६.३४ प्रतिशत र पुजिगत तर्फ रहेको रु. १५ करोड ७७ लाख ९६ हजार रकम मध्ये रु. ११ करोड २५ लाख ५५ हजार अर्थात ७१.३३ प्रतिशत खर्च गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्काले जानकारि दिनु भयो।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज