राप्ती लोकमार्ग र सहिदमार्गकोलागि ३ अर्ब १२ करोड बजेट विनियोजन
जेठ १६, काठमाडौ।
दाङ, सल्यान रुकुम लगायत कर्णाली र लुम्बिनी जोड्ने राप्ती लोकमार्ग र सहिदमार्गकोलागि सरकारले ३ अर्व १२ करोड विनियोजन गरिएको छ।
संसदमा आइतबार आर्थिक वर्ष २०७९/०८० को बजेटबाट सडक स्तरोन्नतीकाे लागि उक्त बजेट विनियोजन भएको हाे।
जस अन्तर्गत कर्णाली र लुम्बिनी प्रदेश जाेडने मुख्य मार्ग मध्येकाे राप्ती राजमार्ग अन्तर्गत अमेलिया देखि तुलसीपुर – सल्यान – रुकुम मुसिकोट – छरेबगर सडक खण्ड र सहिद मार्ग अन्तर्गतको दाङ – घोराही – राेल्पा थबाङ – रुकुम मैकोट सडक खण्डका लागि उक्त बजेट विनियोजन गरिएको हाे।
लेखकको सम्वन्धमा