सिर्जना बिष्टका ३ मुक्तक

मुक्तक नं १
कठाेर हाेइन, काेमल दिल भए पुग्छ
उपयुक्त गुण, सभ्य सुशिल भए पुग्छ
कर्मघर बाट अहम आस राख्दिन तर
बुहारीकाे रुपमा छाेरी फिल भए पुग्छ
मुक्तक नं २
कसरी भनु पिरै पीरले छुटाउछ
हेर्ने ती नजरकाे तिरले छुटाउछ
प्रेमकाे सुरुवात मनबाट गर्नेलाई
कुर्दाकुदै नाथे मंसिरले छुटाउछ ।
मुक्तक ३
कसरी साईनाे गाँसु बाेक्सी भन्नुहुन्छ
पार्दै आखाभरी आसु बाेक्सी भन्नुहुन्छ
मृत्युको खबर अखबारमा आएदेखि त
दिनै पिच्छे मेरी सासू बाेक्सी भन्नुहुन्छ
सिर्जना बिष्ट
माल्नेटा, सल्यान







प्रतिकृया दिनुहोस्