मोहनसिंह घर्ती मगरका ३ मुक्तक
मुक्तक नं १
खोजेर नि दुनियाँमा मिल्दै मिल्दैनन्
मठ-मन्दिर गुम्बामा मिल्दै मिल्दैनन्
धन दौलत एशआराम,जहाँपनि मिल्छ
जन्म दिने बा आँमा मिल्दै मिल्दैनन्।
मुक्तक नं २
खहरे भेल र यो धारो, उस्ता उस्तै लाग्छ
यो गल्ली अनि भकारो, उस्ता उस्तै लाग्छ
परिस्थिति संगैं अनेक रंग बदलिरहने
यो सरकार अनि छेपारो,उस्ता उस्तै लाग्छ
मुक्तक नं ३
वीर सहिदको रगतको,टाटो बोल्नेछ
नेपाल आँमाको मुटुको,खाटो बोल्नेछ
पर्ख ए भ्रष्टाचारी नेता,तिम्रो विरुद्धमा
ढुङ्गा बोल्नेछ यो देशको,माटो बोल्नेछ
मोहनसिंह घर्ती मगर
बागचौर नगरपालिका २ सल्यान
प्रतिकृया दिनुहोस्