June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
सितलपाटी खानेपानी सरसफाइ उपभोक्ता संस्था सल्यानको निर्वाचन स्थगित

सितलपाटी खानेपानी सरसफाइ उपभोक्ता संस्था सल्यानको निर्वाचन स्थगित

२२ फागुन, सल्यान ।
खलंगा सितलपाटी खानेपानी सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन स्थगित भएको छ। आज बिहान बसेको निर्वाचन मण्डलको बैठकले सारदा नगरपालिका स्थानीय प्रशासनको सल्लाह बमोजिम अर्को ब्यबस्था नभए सम्मकोलागि निर्वाचन स्थगित गर्ने सुचना निर्वाचन मण्डलले दिएको हो।

उता शारदा नगरपालिकाले भने कोभीड १९ को प्रकोपलाई मध्यनजर गर्दै २५ जना भन्दा धेरै भेला नगर्ने सरकारको नियम र जिल्लाको अवस्था मध्यनजर गर्दै अर्को ब्यबस्था नभएको सम्मकोलागि निर्वाचन स्थगन गर्ने निर्णय सहित सुचना प्रकाशित गरेको हो।