June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
भुपेन्द्र ओलीको कविता – वंश

भुपेन्द्र ओलीको कविता – वंश

वंश

सन्नाट त्यो दृश्य भित्र
अनेक ती कल्पनामा डुब्दै,
भग र बाणको योगमा
उपोष्ण त्यो चिस्यान भित्र
अंकुरित ती सूक्ष्म कोष!

सजिन्छ मंस दिवार भित्र
पौडीन्छ रक्त खालमा,
विताउछ सयौ दिनहरु
चुसेर जीवकै रस
हुर्कन्छ लुकेर वंकरमा।
मातिन्छ जीव रसकै मोजले
हुत्तिन्छ अगाडि
चुडाउछ दिवार
पिडाउछ दरवार जीवको
चिहाउछ संसार नव दृश्यमा।

दरवार भित्र जीव क्रन्दन माझ
ल्याउछ हलचल सुनौलो
अनि,
विर्साउछ पीडा प्रसवको
समाउछ ममता सबै सामु,
हुर्कन्छ अनि सम्हाल्छ जिम्मा
विउँझाउँछ सुन्दर सपनी!

धार्मिक सहिष्णुता
अनि
सामाजीक पुनर्वलमा,
मौलाउछन अनगिन्ती स्वखिन
जैविक आवश्यक्ता बोधमा
बाँधिन्छ बन्धनमा
अनि
मोडिन्छ उहीँ चक्रमा!
रोप्छ पुनः जैवीक विजहरु
डुबि सन्ततिकै मोहमा
विताउछ अनेक जीवनहरु
क्रमशः
सजाउछ उनै वंश बिम्ब
सन्नाट त्यो दृश्य भित्र

भुपेन्द्र कुमार ओली
बानपा ५ सल्यान

सुर्तै सुर्ता छ अचेल

रोशन परियारको कविता : ” म स्वास्नी “

वाई वि जिएमको कविता : तिम्रो पहिलो प्रेम

कविता : प्रिय हुन्छ्न

पैतालाका रंगहरू