June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
सल्यानमा बि.ब्य.स अध्यक्षमा निर्बाचित रा.प्र.पा. बागचौर नगर सदस्य राजु चन्द सम्मानित

सल्यानमा बि.ब्य.स अध्यक्षमा निर्बाचित रा.प्र.पा. बागचौर नगर सदस्य राजु चन्द सम्मानित

खेमराज स्वर्णाकार / बैशाख ०४, सल्यान । जिल्लाको बागचौर नगरपालिका वडा नं ८ स्थित कालिका मा.बि. कोटमौलाको बिध्यालय ब्यबस्थापन समिती अध्यक्षमा निर्वाचित रास्ट्रीय प्रजातन्त्र पार्टीका नगर सदस्य राजु चन्दलाई सम्मान गरिएको छ ।

गत चैत्र १६ गत्ते भएको बिध्यालय ब्यबस्थापन समितीको निर्बाचनमा निर्बाचित भएका चन्दलाई बैसाख ४ गते एक औपचारिक कार्यक्रममा साथ,रास्ट्रीय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष प्रमोद कुमार डाँगीले सम्मान गरेका हुन्।

कार्यक्रममा बोल्दै नगर अध्यक्ष डाँगीले निर्बाचित चन्दलाई अमुल्य मत दिने सम्पुर्ण अभिभावकहरुलाई धन्यवाद दिदै निर्बाचित चन्दलाई बधाईका साथै सफल कार्यकालको शुभकामना दिएका छन् ।