सल्यानमा विप्लवको विद्यार्थी संगठन द्वारा दृष्टिबिहिन बालबालिकालाई न्यानो कपडा वितरण
पौष २५, सल्यान । सल्यानमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)
सल्यानले दृष्टिबिहिन बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
संगठनले शुक्रबार, शिवजन माद्यामिक विद्यालयको छात्रावासमा रहेका दृष्टिबिहिन बालबालिकालाई चिसो मौसमलाई मध्यमनजर गर्दै २३ जना बालबालिकालाई करिब २० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरेको हो ।
विगत लामो समय देखि छात्रावासमा अखिल (क्रान्तिकारी) विभिन्न सहयोगका क्रार्यक्रम गर्दै आएको छ अहिले चिसो मौसममा न्यानो कपडा बितरण गरिएको संगठनले बताएको छ ।
समाजमा अझै सम्म पनि दृष्टिबिहिन अपांग छोराछोरी, बालबालिकालाई हेर्ने दृष्टिकोण नबदलिएको र भेदभावको सिकार भइरहेकोले बालबालिकालाई राज्यले पनी उचित ढङ्गले बुझ्नुपर्ने र जिम्मेवार बन्नुपर्ने संगठन अध्यक्ष गणेश क्षेत्रीले बताए ।
अपांग बालबालिकाको मनोबल उच्च बनाउन सहयोग गर्नुपर्ने र अवसर पाए उनिहरू पनि स्टेफिङ हकिङ्स, झमक घिमिरे जस्ता व्यक्तित्व बन्न सक्ने उनले बताएका थिए । न्यानो कपडा वितरण कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु राम केसि, चन्द्र कुवर जीवन बिक को उपस्तिथि रहेको बताइएको छ ।







प्रतिकृया दिनुहोस्