वैदेशिक रोजगारमा गएका सल्यानका एक ब्यक्तिको मलेसियामा मृ,त्यु
मंसिर ०९, सल्यान । वैदेशिक रोजगारको शिलशिलामा मलेसिया गएका सल्यानका एक ब्यक्तिको मलेसियामा मृ,त्यु भएको छ ।
मलेसियामा सुरक्षागार्डमा कार्यरत सल्यान जिल्ला बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर, ७ गैरिकटेरी निवासी ४२ बर्षिय पुर्न सिंह रावतको राती सुतेकै अवस्थामा मृ’त्यु भएको हो।


रावत बिगत ११ महिनादेखि मलेसियाको सुबाङ्गजायामा स्मार्ट टास्क सेक्युरिटी कम्पनीमा सुरक्षागार्डमा काम गर्दै आएका थिए।
नेपाली समय मंसिर ४ गते बिहिवारको दिनभर नियमित ड्युटी गरेर रुम आएर राती खाना खाएर सकुशल नै सुतेका पुर्न सिंह रावत राती मृ,त अवस्थामा फेला परेको सोही कम्पनीमा कार्यरत अर्का एक नेपाली श्रमिक मोहन ओलीले बताए ।
मृ,तक रावतको राती सुतेको बेला नियमितजसो घुर्ने बानीरहेको तर त्यस् दिन राती एकपटक पनि नघुरेको कारण मनमा शँका लागेर संगै सुत्ने साथीहरुले बिहान करिब ३ः०० बजेतिर उठाउन खोज्दा नउठे पछि मृ,त्युु भएको अवस्थामा फ़ेला पारेको बताए।


रोजगारदाता कम्पनीको सहयोगमा मृ,तक पुर्नको श,व पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको जनाएको छ। पोस्टमार्टम सकिएपछि कानुनी प्रक्रिया पूरा गरेर मृ,तकको श,व नेपाल पठाउने तयारी भैइरहेको बताएको छ।







प्रतिकृया दिनुहोस्