सल्यानमा भिडभाड र सभा, सम्मेलन गर्न अनिश्चितकालिन प्रतिबन्ध, नेकपा, कांग्रेस र राप्रपा द्धारा सवै कार्यक्रम स्थगित गरको घोषणा
असोज १०, सल्यान । सल्यानमा कोभिड १९ को संक्रमण बढ्दै गएको र त्यसले जनस्वास्थ्यमा गम्भिर असर गर्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानले शुक्रवार देखी जिल्लाभर विभिन्न गतिविधि गर्न निषेध गरेको छ ।
कोभिड १९ संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणको लागी नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७७ – ०५ -२९ गतेको निर्णय तथा स्थानिय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम प्रमुख जिल्ला अधिकारी हेमराज तामाङद्धारा जारी गरेको आदेशानुसार जिल्लाभर खुला ठाउँमा भेला हुने, भिडभाड गर्ने, सभा सम्मेलन, जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न, धार्मिक स्थलहरुमा दैनिक नित्य पुजा बाहेक भिडभाड जन्य गतिविधि गर्न, शैक्षिक संस्थाहरु संचालन गर्न, परिक्षा संचालन गर्न तथा सवै प्रकारका तालिम, सेमिनार, सिनेमा हल, सैलुन, क्लव जिमखाना, ब्युटि पार्लर, समुहमा खेलिने खेल तथा मनोरज्न स्थल र पुस्तकालयहरु संचालन गर्न निषेध गरिएको हो ।
उपयुक्र्त आदेश विरुद्धका गतिविधि कोहि कसैले गरे- गराएको पाईएमा संक्रामक रोग ऐन, २०२० र स्थानिय प्रसाशन ऐन २०२८ बमोजिम कारबाही गरिने पनी प्रशासनले बताएको छ ।
बुधवार शारदा नगरपालिका वडा नं २ का ३ जना स्थानिय र वडा नं ७ का एकजना स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमन देखिएपछि सल्यानमा समुदाय स्तरमै कोरोना संक्रमण भएको अनुमान गरिएको छ ।
नेकपा, कांग्रेस र राप्रपाद्धारा सवै कार्यक्रम स्थगीत
जिल्लामा समुदाय स्तरमै कोरोना संक्रमण देखिएपछि सल्यान जिल्लामा क्रियाशिल राजनितिक दलहरुले पनि आफ्ना सभा, सम्मेलन, प्रशिक्षण तथा भिडभाड हुने सम्पुर्ण कार्यक्रम तथा गतिविधि स्थगित गरेको जानकारी गराएका छन ।
विहिवार अध्यक्ष गोविन्द पुन र सचिव कर्णबहादुर वुढाथोकी द्धारा हस्तान्क्षरित एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानले पार्टीले यस अघि तय गरेको सम्पुर्ण कार्यक्रमहरु स्थगित गरेको जानकारी गराएको छ । साथै नेकपाले असोज २२ गतेसम्म स्थानिय स्तरमा हुने वडा तथा टोलको पार्टी एकता, सपथ ग्रहण लगाएतका कार्यक्रम नगर्न नगराउन स्थानिय कमिटिलाई विज्ञप्ती मार्फत नै जानकारी गराएको छ ।
त्यसैगरी नेपाली कांग्रेस सल्यानले पनी आफ्ना सम्पुर्ण गतिविधि स्थगित गरेको जाकारी दिएको छ । शुक्रवार, नेपाली कांग्रेस सल्यान क्षेत्र न. २ का सभापती सन्तोष केसीले जारी गरेको सन्देसमा अर्काे सुचना जारी नहुदासम्मको लागी नेपाली कांग्रेस क्षेत्र न. २ का सम्पुर्ण गतिविधी र तरुण दलको जिल्लाव्यापी कार्यक्रमहरु नगर्न – नगराउन निर्देशन गरिएको छ भने राप्रपा सल्यानले पनि अर्काे सुचना जारी नहुदासम्मको लागी आफ्नो पार्टीले तय गरेका सम्पुर्ण गतिविधिहरु पनि स्थगित गरेको राप्रपा सल्यानका सभापति नेत्रलाल श्रेष्ठले बताउनु भयो ।







प्रतिकृया दिनुहोस्