June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
सल्यानमा १५ बर्षिय बालिका बला’त्कार आरोपमा एक होटेल संचालक पक्रा’उ

सल्यानमा १५ बर्षिय बालिका बला’त्कार आरोपमा एक होटेल संचालक पक्रा’उ

साउन २५, सल्यान । एक बालिकालाई बला’त्कार गरेको आरोपमा प्रहरीले सल्यानमा एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । आफ्नो होटेलमा काम लगाइदिने भनी फकाएर १५ वर्षीय बालिकालाइ ब’लात्कार गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

बला’त्कार गरेको आरोपमा सल्यान शारदा नगरपालिका १ श्रीनगरका ४५ वर्षीय हिमराज बुढाथोकीलाई पक्रा’उ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गएको २३ गते करिब राती साडे ८ बजेको समयमा बालिकालाई दारिमचौरको जंगलको बाटोमा बला’त्कार गरेको पिडित बालिकाले बताएकि छन्।

बालिकाको परिवारले शनिबार किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । होटेल संचालकलाई शनिबार दिउँसो शारदा नगरपालिका १२ रेशमज्युला बाट पक्रा’उ गरी अनुसन्धानको लागी हिरास’तमा राखिएको छ ।