September 22, 2026, Tuesday
२०८३ आश्विन ६, मंगलवार
जंगलमा लागेको आगो वस्तीमा आउँदा सल्यानमा घर गोठ जलेर नस्ट

जंगलमा लागेको आगो वस्तीमा आउँदा सल्यानमा घर गोठ जलेर नस्ट

 

बैशाख ०८, सल्यान । जंगलमा लागेको आगो वस्तीमा आउदा सल्यानमा घर र गोठ जलेर नस्ट भएका छन ।

बिहिवार जिल्लाको कालिमाटी गाउँपालिका ६ को पाखापानी सामुदायिक  वनमा लागेको आगो ओखलढुङगा वस्तीमा लाग्दा रण बहादुर राडिको २ तले ४ कोठे ढुङगा माटोले बनेको कच्चि घरमा रहेको सर-सामान जलि क्षति भएको हो । त्यस्तै सोही वडाको खोपाकोटे राष्ट्रिय जंगलमा लागेको आगो स्थानीय टुनिचार कारागाडी वस्तीमा आउदा देविलाल खड्काको २ तले ४ कोठे खरले छुवाएको कच्चि घर र नजिकै सटेको १ तले २ कोठे खरले छाएको कच्चि गोठ जलेर पुर्णरुपमा नस्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

आगलागीबाट घर गोठमा भएका सर सामान जलेर नस्ट भएको र मानविय, चौपाया क्षेती नभएको र अहिले आगो नियन्त्रणमा आईसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।