July 28, 2026, Tuesday
२०८३ श्रावण १२, मंगलवार
बन्दुक बोकेर सिकार खेल्न गएका सल्यानका एक किशोरको गोली लागेर मृत्यु

बन्दुक बोकेर सिकार खेल्न गएका सल्यानका एक किशोरको गोली लागेर मृत्यु

 

फागुन ३०, सल्यान । सल्यानमा भरुवा बन्दुकको गोली लागेर एक किशोरको मृत्यु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका चित्र बहादुर रावतको गोली लागेर मृत्यु भएको हो ।

सोमबार बेलुकी सोही ठाउँका ४० बर्षीय आइते रावत र १६ बर्षीय चित्र बहादुर रावत स्थानीय बाहुननाका जंगलमा शिकार खेल्न गएका थिए । आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासि पड्किन गइ चित्र बहादुर रावतको पेट र घाटीमा चोट लागेर घाइते भएका थिए ।

उनलाइ उपचारको लागि सुर्खेत तर्फ लग्दै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । बन्दुक बोक्ने आइते रावत फरार भएको र फरार ब्यक्ति र भरुवा बन्दुक खोजतलाश गरि थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष खनाल बताउनु भयो ।

मृतक लास पोस्टमार्टमकोलागी अहिले जिल्ला अस्पताल पठाइएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज