April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
सामाजिक अभियान्ता मगर द्वारा जन्मदिनको अबसरमा शैक्षिक सामाग्री वितरण

सामाजिक अभियान्ता मगर द्वारा जन्मदिनको अबसरमा शैक्षिक सामाग्री वितरण

माघ ०३, सल्यान । सल्यानका एक युवकले आफ्नाे जन्मदिनमा विद्यार्थीलाइ शैक्षिक सामाग्री सहयाेग गरेका छन् ।

सल्यान दृष्टिकोण नामक फेसबुक पेजका एडिमिन ज्ञानेन्द्र पुन (पाटे बाघ)ले “सबैको लागि शिक्षा पढेर लेखेर मात्र देशको मुहार फेरिन्छ” भन्ने नारा संगै आफ्नाे जन्मदिनकाे अवसरमा विद्यार्थीलाइ शैक्षिक सामाग्री सहयाेग गरेका हुन ।

जिल्लाकाे शारदा नगरपालिका १३ चलाउनेपानीमा  रहेको बालकल्याण प्राथमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीलाई उक्त सामाग्री सहयाेग गरेकाे उनले बताए ।

जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर उनले गरिब तथा जेहन्दार विद्यार्थीलाई १२ दर्जन कापी, १० दर्जन कलम र मोजा ३० पिस १२ वटा टोपी लगाएतका सामाग्री वितरण गरेकाे बताए ।

युवाले समाज परिवर्तन गर्नुपर्छ भन्ने उदेश्यले आफ्नो जन्म ठाँउमा रहेको विद्यालयका २७ जना गरिब जेहन्दार विद्यार्थीलाई पढाइमा केहि टेवा पुगोस् भनेर सहयाेग गरिएकाे उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानध्यापकको सभाअध्यक्षमा उक्त सहयोग हस्तान्तरण गरिएको थियो ।

सल्यान  जिल्लाकाे नामसँग जाेडिएर चलेकाे सल्यान दृष्टिकोण नामकाे पेजमा सल्यानका धेरै युवाहरु जाेडिएर सल्यान जिल्ला चिनाउने विभिन्न खाले सामाग्रीहरु पाेष्ट गर्ने गर्दछन् ।