June 25, 2026, Thursday
२०८३ असार ११, बिहीबार
दाङमा आगोले जलेर एक महिलाको मृत्यु

दाङमा आगोले जलेर एक महिलाको मृत्यु

पुष २, दाङ  ।

दाङमा आगोले जलेर एक वृद्ध महिलाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका – ११ मोतिपुर निवासी ५९ वर्षिय बसन्ती कुमालको आगोले जलेर मृत्यु भएको छ । खाना पकाउने क्रममा जलेर गम्भीर घाइते भएकी कुमालको बाँकेको कोहलपुर मेडिकल क्लेजमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक पुष्पराज मल्लले जानकारी दिए।

डिएसपी मल्लका अनुसार शुक्रबार बेलुकी ७ बजेतिर आगोले पोल्दा कुमालको कम्बरदेखि तल्तिरको अधिकांस भाग जलेको थियो ।

घाईते कुमालको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो।