May 6, 2026, Wednesday
२०८३ बैशाख २३, बुधबार
कर्तव्य ज्यान लगाएत आरोपमा विप्लव विरुद्ध पक्राउ पुर्जी

कर्तव्य ज्यान लगाएत आरोपमा विप्लव विरुद्ध पक्राउ पुर्जी

साउन १६, काठमाडौं। ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको सूचना आज सार्वजनिक गरेको हो ।

हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको सूचनामा उल्लेख छ ।

यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अदालतमा उपस्थित हुन भनिएको छ । अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी पनि दिइएको छ ।

  • online khabar

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज