September 22, 2026, Tuesday
२०८३ आश्विन ६, मंगलवार
सल्यानमा करेन्ट लाग्दा एक युवकको मृत्यु

सल्यानमा करेन्ट लाग्दा एक युवकको मृत्यु

साउन ०२, सल्यान। सल्यानमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।

जिल्लाको कालिमाटी गाउँपालिका ३ ढोडेनी निवासी २५ बर्षिय बबिन भण्डारीको करेन्ट लाग्दा मृत्यु भएको हो।

स्थानिय मिलकोलागि तार बिस्तार गर्ने क्रममा सोमबार बिहान विद्युत पोलमा चडेको बेला भण्डारीको बायाँ हातमा करेन्ट लागेको थियो।

करेन्ट लागि घाइते भएका उनको उपचारकोलागि दाङको राप्ती प्रादेशिक अस्पतालमा लगेको र उपचारको क्रममा सोमबार दिउँसो १:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।

शवलाई अहिले पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शब गृहमा राखिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ।