सल्यानको बागचौर नगरपालिकामा ३ दिने पत्रकारिता अभिमुखीकरण तालिम सुरु
२२ चैत ,सल्यान
सल्यानको बागचौर नगरपालिकामा तीन दिने पत्रकारिता सम्बन्धी अभिमुखीकरण तालिम सुरु भएको छ ।
सल्यान जिल्लामै सम्पुर्ण स्थानीय तह मध्ये पहिलो पटक १२ वटै वडाका पशिक्षार्थिलाई नगरपालिकाले मंगलबार बागचौरमा तालिम सुरु गरेको हो।

तालिमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले पत्रकारिता राज्यको चौथो अङ्ग र समाजको ऐना भएकाले समाजको वास्तविकतालाई उजागर गरि कर्तव्यनिस्ठ र संवेदनशिल भएर सत्य तथ्य वास्तविकताको जगमा टेकेर पत्रकारिताको वास्तविक मर्म अनुरुप पत्रकारिता गर्नुपर्ने बताए ।
३० जना भन्दा बढी प्रशिक्षार्थी भएको तालिममा मेयर बुढाथोकीले समाज रुपान्तरणमा पत्रकारिताको महत्वपूर्ण भुमिका रहने भन्दै व्यक्तित्व विकास र क्षमता अभिवृतिले समाजलाई सकारात्मक परिवर्तन आउने विश्वासका साथ तालिमको आयोजना गरिएको बताएका छ्न ।


















लेखकको सम्वन्धमा