June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
चु जि फाउन्डेसन द्वारा शारदा नगरपालिका भित्रका ८ सय विपन्न परिवारलाई राहत वितरण

चु जि फाउन्डेसन द्वारा शारदा नगरपालिका भित्रका ८ सय विपन्न परिवारलाई राहत वितरण

पौष २७, सल्यान । चु जि फाउन्डेसन काठ्माण्डौले सल्यानको शारदा नगरपालिका भित्रका ८ सय घरधुरी विपन्न परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण गरेको छ ।

सोमबार सल्यान खलंगामा एक कार्यक्रम आयोजना गरि नगरपालिका भित्रका ८ सय विपन्न घरपरिवारलाइ प्रति परिवार २५ किलो चामल, १० किलो पिठो, नुन, चिनि, तेल, दाल, चना, साबुन लगायत सामग्री राहत वितरण कार्यक्रमको सुभारम्भ गरिएको हो ।

सोमबार केहि घर परिवारले राहत सामाग्री बुझिलिएको र बाँकीले एक/दुई दिन भित्र राहत सामाग्री पाउने कार्यक्रमको समन्वयकर्ता मनोज प्रधानले बताउनु भयो ।

राहत वितरण कार्यक्रममा चु जि फाउन्डेसनको प्रतिनिधि पुनम डङोल, नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा सल्यान प्रदेश सभा (क)का सांसद गुलाबजङ्ग शाह, नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य मनोज प्रधान, नेकपा (एमाले) सल्यानका उपसचिव दानबहादुर केसी, पुष्पा कुमारी बोहरा लगायतको उपस्थिति रहेको थियो ।