May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
१८ दिन लामो शिल सकियो, भोलिदेखि श्रीनगर बजार खुल्ने

१८ दिन लामो शिल सकियो, भोलिदेखि श्रीनगर बजार खुल्ने

मंसिर १०, सल्यान । शिल गरिएकाे १८ दिनपछि सल्यान जिल्लाकाे प्रमुख व्यापारी केन्द्र श्रीनगर क्षेत्र सहित त्यस वरपरकाे क्षेत्र खुल्ने भएकाे छ ।

कार्तिक २३ गतेदेखि शिल गरिएकाे श्रीनगर क्षेत्रलाइ भाेलि मंसिर ११ गतेदेखि खुल्ला गर्ने जिल्ला प्रशासन कार्यालय सल्यानले एक सुचना जारी गर्दै जनाएकाे छ । शिल खुल्ला गरिएपनि पसल संचालन गर्दा स्वास्थ्य मापडण्ड अपनाउन प्रशासनले आग्रह गरेकाे छ ।

पसल संचालन गर्दा अनिवार्य रुपमा डाेरी लगाएर सेवा दिन सुचनामा भनिएकाे छ । पालाे व्यवस्थापन गरि भिडभाड नगर्ने पनि प्रशासनले आग्रह गरेकाे छ ।

शिल गरिएका शारदा नगरपालिकाको वडा नं. १ मा पर्ने श्रीनगर, शान्तिनगर, बेलघारी क्षेत्र, वडा नं. २ मा पर्ने जोगिदेउखोला र वडा नं. ६ को बरला क्षेत्र खुल्ला गरिएकाे हाे ।

कोरोना संक्र’मण देखिएपछि सल्यान खलंगा १ हप्ता शिल, तर सरकारी कार्यालय बन्द नहुने