September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
सिम्तामा एक लाख पुरस्कार राशिको खुल्ला फुटबल प्रतियोगिता हुदै

सिम्तामा एक लाख पुरस्कार राशिको खुल्ला फुटबल प्रतियोगिता हुदै

दुर्गा विसि / कार्तिक ०८, सल्यान । सुर्खेत सिम्ता गाउँपालिका वडा नं ६ राकममा १ लाख राशि पुरस्कारकाे खुला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बादेपिपल राकम युवाकल्वकाे आयाेजनामा यहि कार्तिक १२ गतेबाट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्रथम पुरस्कार १ लाख, द्वितिय पुरस्कार ६५ हजार, तृतीय ३५ हजार, वेष्ट पिलर, वेष्ट गाेलकिपर र उत्कृष्ट गाेल कर्तालाई ५/५ हजार पुरस्कार ताेकिएको छ ।

टिम दर्ता कार्तिक ११ गते वेलुकि ५ वजे सम्म ताेकिएको छ भने खेल सञ्चालन १२ गते २ वजे देखि सञ्चालन हुने आयाेजकले जनाएको छ । शुभदिपावलीकाे अवसर पारेरे भेरी पुल नजिकै भेरी किनारमा खेल हुने जनाईएको छ ।

“स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद ” भन्ने नाराका साथ बादेपिपल युवा क्लबको आयोजना तथा सिम्ता खेलकुद बिकास समिती र वडा नं ६ राकमको समन्वयमा सिम्तामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको खुल्ला फुटबल प्रतियोगिता, प्रथम सिम्ता गोल्डकप- २०७८ को टिम दर्ता सुरु भईसकेकोले सम्पुर्ण फुटबल खेलाडीहरुलाई समयमै टिम दर्ता गर्नुहुन आयोजन गुलाफ सिंह ठकुरीले जानकारी दिएका छन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज