April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
राेयल एफसी घाटगाउँ सुर्खेतले जित्यो जन्मष्ठमी बिशेष फुटबल उपाधि

राेयल एफसी घाटगाउँ सुर्खेतले जित्यो जन्मष्ठमी बिशेष फुटबल उपाधि

दुर्गा विसि – सल्यान ।

कृष्ण जन्मष्ठमीको अवसर पारेर सल्यानको बनगाड कुपिण्डे नगरपालिका – १ देवस्थलमा २० गते देखि शुरु भएको खुला फुटबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

जनकल्याण युवा क्लब सल्लीको आयोजनामा प्रभाकर मा.विकाे प्राङ्गणमा सञ्चालन गरिएको खेलको उपाधि राेयल एफसी घाटगाउँ सुर्खेतले हात पारेको छ ।

खेल सुरुवाती चरणको ३५ मिनेटमै राेयल एफसीका नवीन वलिले गाेल गरे । थप २ मिनेटको अतिरिक्त समय अवधीमा पुनः वलिले नै अर्को एक गाेल गरे । उनको २ गोल नै खेलकोलागी निर्णायक बन्यो ।

एफसीले आयोजक सल्लीलाई २-१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । आयोजक सल्ली भने उपविजेता मै चित्त बझाएको छ । उपविजेताकाे तर्फबाट दिपक शाहीले १ गाेल गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडीका रुपमा गाेपाल वुढा, खेलभर सर्वाधिक गाेलकर्ता विश्वास विसि, उत्कृष्ट किपरका रुपमा राेयल एफसीका करण शाहीलाई छनौट गरिएको थियोे ।

विजेता टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँकाे राशीको पुरस्कार हात पारेको छ भने उपविजेता आयोजक सल्लीले ६१ हजार पुरस्कारमा चित बुझाएको छ ।

विजेता उपविजेता टिमलाई नगद पुरस्कार राशी, प्रमाणपत्र, गाेल्डेन सुज, तक्मा, मेडल क्रमश १ नं वडा अध्यक्ष थुुम विसि, ६ नं वडा अध्यक्ष गणेश विसि, विद्यालयका प्रधानाध्यापक शिखर कुमार यरि, ईलाका प्रहरी कार्यालय देवस्थल सल्लिका इन्चार्ज हरि खड्काले पुरस्कार वितरण गरेको जनकल्याण युवा कल्व अध्यक्ष सन्देश यरिले बताउनुभयो ।

नगरमा एउटा खेलकुद मैदान नहुदा वर्षेेनि खेलाडीलाई खेल आयोजना गर्दा सबैसँग खेलकुद मैदानको लागि अनुमती लिन हारगुहार गर्नुपर्ने अवस्था रहेको स्थानीयहरु बताउछन । प्रतियोगितामा २२ वटा टिम सहभागी भएका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज