सिम्ता क्याम्पसमा परिक्षा सेन्टर कायम
दुर्गा विसि – श्रावण ०४, सल्यान । सुर्खेतको सिम्ता गाउँपालिकामा रहेको सिम्ता बहुमुखी क्याम्पसमा यहाँ स्थित दुई क्याम्पसको परिक्षा सञ्चालन हुने भएको छ । परिक्षा सेन्टर पायक पर्ने स्थानमा नहुदा सिम्ता बहुमुखी क्याम्पसका विद्यार्थी गुर्भाकोटको सहारे क्याम्पस र बनगाड बहुमुखी क्याम्पसका विद्यार्थी सल्यान बहुमुखी क्याम्पस जानुपर्ने वाध्यता हटेको छ ।
परिक्षा सेन्टर अपाएक हुदा यहाँ स्थित सिम्ता र बनगाडका उच्च तह अध्यायनरत विद्यार्थीहरुले ठुलो सास्ती खेपिरहेका थिए । बिएड प्रथम वर्षको परिक्षा आफ्नै क्याम्पसबाट हुने भए पछि विद्यार्थी तथा अभिवाकलाइ दुख सँगै आर्थिक व्ययभार कम हुने देखिन्छ ।
बनगाड क्याम्पसका विद्यार्थी झन ठुलो समस्या थिए । सदरमुकाम परिक्षा दिन जादा वर्षातमा सडक अवरुद्धका कतिको परिक्षा छुुटने र ८ घण्टा पैदल हिडेर खलंगा जानुपर्ने अवस्था थियोे । सेन्टरका लागि सिम्ता क्याम्पसका क्याम्पस प्रमुख वकिल वस्नेत निकै लामो समय देखि सेन्टरको लागी काठमाडौं धाइरहेका थिए ।
तर सिम्तामा परिक्षा सेन्टर बनेपछि यसपालि देखि पारि बनगाड र वारि सिम्ता क्याम्पसको उच्च तहको परिक्षा सेन्टरले धेरै राहत हुने वताउछन । यो कार्यको गाउँपालिका अध्यक्ष कबिन्द्र कुमार केसीले पनि परिक्षा सेन्टर कायमको लागी दर्जनौं पटक नेपालगञ्ज र काठमाडौं धाइरहेका थिए । यसले अभिभावकको आर्थिक व्यवहार कम हुने र परिक्षा दिनैका लागि टाढा जानुपर्ने दुखबाट ठुलो मुक्ति मिलेको छ ।
क्याम्पसको भौतिक पुर्वाधारका लागि सिम्ता गाउँपालिको सकारात्मक भुमिकाले सहयोग पुर्याएको क्याम्पस प्रमुख वस्नेतको भनाइ रहेको छ । यो कार्यमा सहयोग पुर्याउने सबैलाई वस्नेतले धन्यवाद व्यक्त गरेका छन् । अब बनगाडलाइ परिक्षा सेन्टर पायक स्थानमा परेकाले सजिलो हुने भएको छ ।
साथै क्याम्पस सञ्चालन समितिका अध्यक्ष नेत्रलाल महताराले परिक्षा सेन्टरका लागि सिसि क्यामरा, भौतिक पुर्वाधार लगाएतका टियुको मापदण्ड पूरा भइ व्याचलर तहको परिक्षा सिम्तामा सञ्चालन हुनु भनेको सबैका लागि सौभाग्य भएको जनाए । क्याम्पसको भौतिक पुर्वाधारमा सिम्ता गाउँपालिकाले ६ कोठे ४२ लाखको भवन, १ लाख ५० हजारको सिसि क्यामरा र ५० सेट बैन्च, डेष्कको यसै वर्ष व्यवस्थापन गरिदिएको छ ।
साथै कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले २५ लाख, सिम्ता धार्मिक महोत्सवको १३ लाख र गाउँपालिकाको ४२ लाख गरि ८० लाखमा ६ कोठे भवनको काम हालै सम्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस्