May 7, 2026, Thursday
२०८३ बैशाख २४, बिहीबार
बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु

मंसिर ५, बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा हुदा ४ जनाको मृत्यु भएको छ । बैतडीको गोठलापनी बजार नजिकै कलुवामोडमा म १ ज ३१० नं को जिप दुर्घटनामा परेको हो ।

गोठलापनीबाट दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जादै गरेको जिप दुर्घटना हुदा ४ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता बोधराज ओझाले जानकारी दिए । उनिहरुको सनाखत हुन सकेको छैन ।

प्रहरीले गम्भीर अवस्थाका घाइते बढी रहेको र थप बिवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

फाईल फोटो

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज